SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/१३ गते
    १५०२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केहि महिना यता विश्व नै आक्रान्त थियो । २ सय भन्दा बढी देशमा फैलिएको यो भाइरसको हरेक क्षेत्र प्रभावित बनेको छ । यो भाइरसबाट नेपाल पनि प्रभावित बनेको छ । नेपालमा हालसम्म १६ हजारभन्दा बढीमा यो भाइरसको संक्रमण देखिएको छ भने ३५ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

    यहि भाइरसका कारण नेपालमा चैत ११ देखि लकडाउन हुँदै आएको थियो । जसका कारण हरेक क्षेत्र सुनसान छ । यसबाट कला क्षेत्र पनि अछुतो रहन सकेको थिएन । पछिल्लो केही महिना यता नेपाली मनोरञ्जनको दुनियाँ सुनसान जस्तै रह्यो । युट्युबमा दर्शकको राम्रो साथ पाएका हाँस्य शृङ्खला देखी अन्य नियमित शो हरू पनि प्रभावित भए ।

    बिगत लामो समय देखी रंगमन्चमा कलाकारीता गर्दै तिन दर्जन भन्दा बढी ठुलो पर्दा र दुई दर्जन भन्दा बढी सानो पर्दामा अभिनय गरी सकेका सफल कलाकार रितु के सी ले निर्देशन गरेका हुन् ।उक्त सिरियललाई ब्यबस्थापक सिता कटुवालले गरेकी छन । “नौटंकी माईलो इन्टरटेनमेन्ट ” को आधिकारिक यूट्यूब च्यानल बाट भाग-३ प्रसारण भई सकेको छ ।

    देश तथा बिदेशमा भएका तिता मिठा घटना,राजनैतिक ,सामाजिक बिकृति बिसंगतिलाइ लिएर हास्यब्यङ्ग मार्फत उजागर र चेतना दिने उदेश्यले यो कमेडी सीरियल प्रसारण गरिएको कथा, पटकथा, लेखक शिव शर्मा र निर्देशक रितु के सी ले हाम्रो सन्देश डट कम लाई जानकारी गराएका छन्।

    चिरपरिचित कलाकारहरु रमेश के सी, मञ्जु श्रेष्ठ राजेन्द्र, गड्तौला सुनिता श्रेष्ठ, रितु के सी, मुना नेपाल, प्रकाश के सी, गणेश कार्की, सजिना लामिछाने, गणेश कडेल, अर्जुन खनाल, प्रज्ञा श्री थापा, अशोक पाण्डे, रमेश श्रेष्ठ, दिनेश श्रेष्ठले अभिनय गरेका छन।

    पछिल्लो समयका निकै ब्यस्त सम्पादक राज कार्कीले सम्पादन गरेका छन् भने श्रृगांर लक्ष्मण रोक्काको रहेको छ उक्त सिरियललाई संजय राईले दृश्य खिचेका छन् । संगीत, गायन, संगीत संयोजन द्यनु ग्याड्डमीको रहेको छ । एग्रो मीडीया प्रा.लि.को प्रस्तुति रहेको उक्त सिरियललाई रितिशा के सी ले निर्माण गरेकी हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं