SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/११ गते
    १८४८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ,  । प्रतिनिधि सभा विघटन र सरकारका गलत कार्यहरुको विरोध गर्दै तयार पारिएको विवादास्पद गित “श्री ३ नयाँ राजा रानी” आज सार्वजनिक गरिएको छ । कलाकार यदुराम सापकोटाको शब्द रचना रहेको गितमा धेरै कलाकारहरुले स्वर दिन डराएपछि कलाकारहरुको नाम विना नै गित सार्वजनिक गरिएको सापकोटाले जानकारी दिएका छन् । छायाङ्कन युनिट र रेकडीङ युनिटले केही भिडीयो फुटेज र केही शब्द परिमार्जन गर्न आग्रह गरेकाले गित सार्वजनिक गर्न केही ढिला भएको उनले स्पष्ट पारेका छन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलापविरुद्धको गित भएकाले ओलीको जन्मदिनकै अवसर पारेर गित सार्वजनिक गरिएको बताएका छन् । आफ्नो जन्मदिनका दिन यही गित सुनेर ओलीले आत्मसमिक्षा गर्दै सच्चिने विश्वास पनि सापकोटाले व्यक्त गरेका छन् । गितमा आफ्नै शब्द र लय रहेतापनि गायक गायीकाको नाम, छायाङ्कन र रेकडीङ युनिटको नाम उनीहरुकै आग्रह बमोजीम उल्लेख गर्न नसकेको उनले उल्लेख गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा सापकोटाले लेखेका छन्, “गितबाट मैले ब्यबसायीक लाभ अपेक्षा गरेको छैन, तर गित सरकारको प्रतिगामी र असंवैधानिक कदम बिरुध्द, भ्रष्टहरु बिरुध्द निर्माण गरिएको हुँदा प्रतिगामीहरुको कान सम्म थर्काउनुपर्छ, भ्रष्टहरुको मुटु चस्किनुपर्छ, प्रतिगमन बिरुध्द चोक चोकमा र घरघरमा यो गित गुञ्जीनुपर्छ भन्ने मेरो अपेक्षा हो ।”

    अन्तिम समयमा गितबाट केही शब्द र फुटेज काट्नु पर्दा आफुले सोचेजस्तो र चाहेजस्तो बनाउन नसकेपनि कम्तीमा एक पटक सुनेर सुझाव दिन सापकोटाले सवैलाई आग्रह पनि गरेका छन् । युट्युब मार्फत सार्वजनिक गरिएको गितको शब्द यस्तो छ ।

    लेखे भो अब नामको अघी श्री ३,
    एउटा राजा फाल्या देख्न रैछ यिनै दिन ।

    नयाँ राजा रानीलाई,
    भोट चाहियो अरे, संविधानै खानीलाई,
    भोट चाहीयो अरे देश लुटेर खानीलाई,
    बालुवाटर खानीलाई …….
    वाईडबडी जहाज खानीलाई…….
    देश बेचेर खानीलाई …….
    ७० करोड खानीलाई …….

    सुकुम्बासी पहिले करोडपती अहिले,
    बालुवाटर खान भ्याईसकेछन कहिले ?
    नयाँ राजा रानीलाई …….

    दुईटा जहाज ल्याउदा ६÷६ अर्ब खाए,
    दुई तिहाई भोट दिनी जन्ताले के पाए ?
    नयाँ राजा रानीलाई …….

    एउटा प्रेस मेसीन किन्दा खेरी कमिसन,
    ७० करोड दिन्छस् दिन्नस् भनेछन् ।

    संविधान लेख्न १०÷१० बर्ष लाए,
    त्यहीपनि झापाली राजाले खाए ।
    नयाँ राजा रानीलाई …….

    प्रतिमन मुर्दाबाद जनता सबले भनौ,
    लोकतन्त्र जिÞन्दाबाद जनता सबले भनौ,
    साईबर स्याल र अरिङ्गाल हामी कोहीनी नबनौ

    नयाँ राजा रानीलाई
    भोट चाहियो अरे, संविधानै खानीलाई,
    भोट चाहीयो अरे देश लुटेर खानीलाई,
    बालुवाटर खानीलाई …….
    वाईडबडी जहाज खानीलाई…….
    देश बेचेर खानीलाई …….
    ७० करोड खानीलाई …….

    बाग्लुङ घर भइ हाल रोजगारीको सिलसिलामा जापानमा रहेका कलाकार सापकोटाले आगामी दिनमा यस्ता विक्रिति विसंगति विरुद्धका गितहरु नभएर समृद्धी र सुशासनका गितहरु लेख्न र गाउन पाईयोस् भन्ने कामना पनि गरेका छन् । यो श्रृजनासँग अनलाईनको कुनै सोच जोडिएको छैन । यो उहाँ लेखक तथा सर्जकको नितान्त ब्यक्तिगत बिचार र श्रृजना हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं