SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/९ गते
    ८७५ &#२३४६;&#२३३५;&#२३२५;

    गल्याङ  । गल्याङ नगरपालिका ११ दिमिकमा रहेको दिमिक कृषि सहकारी संस्था लि.को दोस्रो साधरण सभा सम्पन्न भएको छ।
    गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीको प्रमुख अतिथीमा दिमिक कृषि सहकारी संस्था लि. को दोस्रो साधरण सभा सम्पन्न भएको हो।

    नगर प्रमुखले यो नगरमा कृषिलाई पहिलो प्राथमिक्तामा राखेको बताउदै अाउनु भएको थियो त्यसै क्रमा गल्याङ नगरपालिकाका बासिन्दालाई कृषि प्रणालीमा लान अाफु कुनै पनि कदममा पछि नहट्ने बताउनु भएको छ। गल्याङ नगर प्रमुखमा अाफु रहेेेे पनि नरहे पनि कृषिलाई जनताको सामु लाने प्रतिबद्धता जाहेर गर्नुभएको छ।

    नगरपालिकाले प्रतिलिटर दुधमा १५रुपिया अनुदान किसानलाई उपलब्ध गराएको जानकारी पनि दिनु भएको छ भने अाजै दिमिकका किसानलाई अनुदानमा वितरण पनि गरिएको जानकारी दिनु भयो। त्यस्तै गल्याङ नगरपालिकाका पसु साखा प्रमुख सुशील अर्यालले पसुमा अनुदान अाएको जानकारी दिनु भएको छ।

    साना किषान सहकारी संस्थाका अध्यक्ष दल बहादुर स्याङ्जालि,शिक्षा महासंघ स्याङ्जाका उपाध्यक्ष राजेन्द्र देब खनाल,जिमुहा शीत भण्डारका अध्यक्ष रुमलाल कडेल, लगायतका बिशिस्ट अतिथिको उपस्थिति रहेको थियो।

    संस्थाको आयब्याय प्रतिवेदन र भाबी कार्यक्रमको जानकारी संस्थाका अध्यक्ष टंक प्रसाद भट्टराईले दिनु भएको थियो भने संस्थाले करिब २२लाख बराबरको कारोबार गरेको जानकारी दिनु भयो।कार्यक्रममा ३०० भन्दा बडि जनसमुदायको उपस्थित रहेको थियो। कार्यक्रमको संचालन संस्थाका सचिव लिलाराम ज्ञवालीले गर्नु भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं