SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/६ गते
    ५४० &#२३४६;&#२३३५;&#२३२५;

    शहबाज खान, कपिलवस्तु, । लामो समय देखि नेपालमा मुस्लिम समुदायहरुले बसोंबास गरेको लामो इतिहास रहेको छ।मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति,भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी लगायतका बिषयहरुमा शिक्षा दिदै आएका छन।

    अहिलेको अवस्थामा नेपालका मदरसाहरुमा मास्टर डिग्री सम्माको शिक्षा दिई रहेका छन। तर‌ मदरसा हरुमा पढेका विद्यार्थी हरुको भविष्य अध्यारोमा रहेको छ।

    नेपाल सरकारले मदरसामा पढेका विद्यार्थी हरुको बारेमा अहिले‌सम्मा कुनै पहल‌ पनि गरेको ‌छैन र यदि साउदी र खाड़ी देशहरुले नेपालका मदरसाहरुमा पढेका विद्यार्थी हरु लाई आफ्नो देशमा मान्यता दिए छ भने नेपाल सरकारले ति देशमा जानको लागि एनओसी दिएको छैन।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड19 (कोरोना भाइरस) ले देशलाई नै अस्त व्यस्त बनाइएको छ शिक्षा क्षेत्रमा ठूलो प्रभाव परेको छ नेपाल सरकारले कोरोना भाइरस बाट बच्न र बचाउनको लागि शिक्षाक्षेत्रमा दिएको गाईड लाईनको पूर्ण पालना मदरसा हरुले पनि निरन्तर गरि रहेका छन।

    नेपाल सरकार ले चरण बद्ध रुपमा फॉन्ट लाइनमा खटेर काम गर्ने व्यक्तिहरु लाई कोभिड भ्याक्सिन प्रदान गरेको कार्य ज्यादै प्रसंसानीय छ । सरकारले राम्रो काम शुरुवात गरेको छ त्यसको लागि राष्ट्रीय मदरसा संघ नेपालले धन्यवाद दिएको छ।नेपालमा अल्पसंख्यक मुस्लिम समुदायका बाल बालिकाहरुले अध्ययन गर्ने मदरसाहरु प्रति नेपाल सरकारले त्यति ध्यान दिएको छैन स्पष्ट देखिन्छ।मदरसा हरुमा मौलाना दरबन्दी अनुमति र अनुदानमा निकै भेदभाव गरेको छ।

    फलस्वारूप मदरसा शिक्षालाई प्रभावकारी बनाउन सकिएको छैन। मदरसामा अध्ययन गर्ने मौलाना तथा विद्यार्थिहरु आर्थिक रुपमा धेरै पिडामा छन।न्यून आर्थिक अवस्थाले गर्दा पिडामा रहेको मौलाना तथा विद्यार्थीहरु लाई कोभिड१९ को महामारीले झन पिडा थापिएकोछ तसर्थ मदरसामां अध्यापन गराउने विद्यार्थी हरुलाई कोभिड भ्याक्सिन लगाउन अत्यन्त आवश्यक रहेको भन्दै हिजो राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी, उपाध्यक्ष शैख जैसे मक्की,लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली लगायतको टोलीले स्वास्थ्य तथा जनसंख्या मंत्रालयका माननीय मंत्री हृदेश त्रिपाठी संग भेंट गरि भ्याक्सिन उपलब्ध गराउनको लागि मांग गरे र परराष्ट्र मंत्रालयका माननीय मंत्री प्रदीप कुमार ज्ञावाली संग भेंट गरि विद्यार्थी हरु लाई एनओसी उपलब्ध गराउनको लागि मांग गर्दै मांग पत्र समेत बुझाएको कुरा नेपालीले बताए का छन।

    भेंट घाटको क्रममा शहरी विकास मंत्रालयका माननीय मंत्री प्रभु शाह संग भेंट गरि मदरसाको शिक्षा र बिकास बारे पनि कुरा गरेको नेपालीले बताएका छन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं