SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/२९ गते
    ८९७ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, । कपिलवस्तुको कृष्णानगर नगरपालिका,शिवराज नगरपालिका‌ र विजयनगर गाउँपालिकामा हिजो जसपा द्वारा मसाल जुलूस प्रदर्शन गरि बिरोध गरिएको थियो।

    प्रधानमन्त्री के.पी.ओलीद्वारा गरिएको निर्वाचित प्रतिनिधि सभा विघटन जस्ता असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरोधमा जसपा पार्टीद्वारा विरोधी तथा आन्दोलनका निम्न थप कार्यक्रमहरू तय गरिएको निर्देशनअनुसार बुधवार दिन कपिलवस्तुको कृष्णानगर,शिवराज र विजयनगर गाउपालिकामा जनता समाजवादी पार्टीले विरोध गरेको छ।सो कार्यक्रममा कृष्णनगरको लिंक गेट ,शिवराज नगरपालिकाको चन्द्रौटा मुख्य चौक र विजयनगर गाउँपालिकामाको फरेनी चौकमा मसाल जुलूस प्रदर्शन भएको छ ।

    जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध स्वरूप तिनटै पालिका का मुख्य मुख्य चौक हरुमा कार्यक्रता हरु भेला भएका थिए ।

    कृष्णनगर नगरपालिकामा जसपाका नेतृ आरती यादव ,नेता गोपाल प्यारे चन्देली र शम्भु पाण्डेयको नेतृत्वमा कार्यक्रम भएकाे थियो।

    जसपाका लुम्बिनी प्रदेश‌‌ प्रवक्ता अकरम पठानले आरोप लगाउदै भनेकि प्रधानमंत्री केपी ओलीले संसद विघटन गरेर संविधान विपरित काम गरेका छन। संविधानको रक्षाका लागी जसपाको प्रत्येक कार्यकर्ता तत्पर रहेको समेत बताउनुभयो।लोकतंत्रमा सबै नागरिक ले विरोध गर्ने पाइन्छ तर आज को प्रदर्शन मा प्रहरी को दमनकारी रवैया प्रति दुख प्रकट गर्छु साथै जसपाको बिरोध कार्यक्रममा सहभागी हुन समेत आग्रह गरेका थिए।

    विजयनगर गाउँपालिकामा जसपाका नेता रामनिवास पुरी,बालाजी चौधरी,सन्तान तेली र सलमा खातुनको नेतृत्वामा मसाल जुलूस प्रदर्शन कार्यक्रम सम्पन्न भयो

    जनताको सर्वोच्च प्रतिनिधि संस्था प्रतिनिधि सभाको विघटन गर्ने असंवैधानिक, अलोकतांत्रिक,प्रतिगमनकारी र संविधान विपरित संवैधानिक नियुक्तिको विरोधमा जनता समाजवादी पार्टी जोडदार मसाल जुलूस प्रदर्शन गरी विरोध गर्दै हामी आज प्रधानमंत्रीको पुतला दहन गरेको कुरा जसपा का जिल्ला उपाध्यक्ष रामनिवास पुरीले बताएका छन।

    शिवराज नगरपालिकाको विरोध तथा जुलुस प्रदर्शन कार्यक्रम जसपा नेता कृष्ण कुमार चौधरीको नेतृत्वमा कार्यक्रता भेला गरि मसाल जुलूस प्रदर्शन गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं