SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/२५ गते
    ८८८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत मदिरा ब्यवसायी संघको प्रथम अधिबेशन तथा साधारण सभा अध्यक्ष प्रकाश कर्माचार्य ज्युको अध्यक्षतामा हिजो शनिबार कुश्मा स्थित माझमेलामा सम्पन्न भएको छ । कार्यक्रममा मदिरा ब्यवसायी महासंघ केन्द्रिय महासचिव श्री तारानाथ ढुंगानाको प्रमुख आतिथ्यतामा र मदिरा ब्यवसायी गण्डकी प्रदेश अध्यक्ष श्री डासिराम सापकोटाको बिशिस्ट आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा स्वागत उपाध्यक्ष रामु शर्मा, शुभकामना मन्तव्य क्रमशः सल्लाहकार लेखनाथ शर्मा, केन्द्रिय सदस्य श्री अर्जुन सिग्देल,स्याङ्जा मदिरा ब्यबसायी संघ अध्यक्ष श्री खिमानन्द पराजुलीले राख्नु भयको थियो।कार्यक्रममा बाग्लुङ मदिरा ब्यबसायी संघका सचीव श्री सोम पाठक सहित पर्वत मदिरा ब्यबसायी संघ मा आबद्ध सदस्य सहित कम्पनी प्रतिनिधिहरु सहित ४५ जनाको उपस्थिती रहेको थियो।

    साथै आगामी ३ वर्षको नया कार्यकालका लागि अध्यक्ष प्रकाश कर्माचार्य,उपाध्यक्ष रामु शर्मा,कोषाध्यक्ष शम्भु जोशी, सचीव प्रल्हाद गिरि,सह-सचीव राजेन्द्र कर्माचार्य, सह-कोषध्यक्ष रमेश श्रेष्ठ सदस्यमा क्रमशः बिश्वराज श्रेष्ठ,राजु शर्मा,जनकराज रेग्मी,दिपेन्द्र पराजुली,गोपाल क्षेत्री,दिपक पौडेल,रोशन आचार्य सर्वसम्मत निर्वाचित हुनु भएको छ । कार्यक्रममा मदिरा ब्यवसायी महासंघ केन्द्रिय महासचिव तारानाथ ढुंगानाले व्यावसायिक हक हितका लागि संघ आवश्यक रहने कुरामा जोड दिनु भएको थियो भने कार्यक्रमको संचालन सचीव प्रह्लाद गिरिले गर्नु भयको थियो।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं