SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१९ गते
    ९३९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका आमा समुहको सातौं वार्षिका साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गर्दै महिला दिदिबहिनीहरु आर्थिक रुपमा सबल नभएसम्म अधिकारका मात्रै कुराले समाज र देशको समृद्धि नहुने वताइन । उनले महानगरपालिकाले महिलासंग उपमेयर कार्यक्रमको वारेमा वताउँदै उद्यमी बनि आय आर्जन गर्न इच्छुक महिला समुहहरुलाई आफु सधैं तयार रहेको पनि वताईन् ।

    सो कार्यक्रममा संस्थालाई विभिन्न तह र तप्काबाट सहयोग गर्ने लेखा परिक्षक राजेन्द्र श्रेष्ठ, पत्रकार तथा दरबारथोक एडभरटाईजिङ एजेन्सीका संचालक कृष्ण रानाभाट, संस्थापक अध्यक्ष सरस्वती कोईराला, संस्थाका सदस्यहरु शोभा अधिकारी, देउमाया गुरुङ, सिता खवास, फुलमाया गुरुङलाई सम्मान पत्रद्धारा सम्मान गरीएको थियो ।

    त्यसै गरी संस्थाको कार्यक्षेत्र भित्र रहेका जेष्ठ नागरिकहरु मनबहादुर नेपाली, डिलमाया सार्की, भक्त बहादुर श्रेष्ठ, सोममाया श्रेष्ठ, तिलमाया श्रेष्ठलाई तथा संस्थाका सक्रिय सदस्यहरु खिमा गुरुङ, विना श्रेष्ठ, कृष्णमाया कास्की, राममाया प्रधान, कमला पाण्डे, सम्झना रानाभाट, शारदा सिग्देललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा पोखरा ९ का वडा सदस्य सुरेश खवास, वडा सचिव लोकदर्शन कोइराला, वृहत सरसफाई अभियान्ता रामबहादुर पौडेल क्षेत्री, टोलविकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, रेडियो वाराहिका स्टेशन म्यानेजर रमेश पौडेललगाएतले शुभकामना मन्तव्य दिएका थिए ।समुहकी अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा भएको कायृक्रममा स्वागत उपाध्यक्ष गंगा सुवेदीले र कार्यक्रम संचालन सचिव सीता नेपाली तथा सहसचिव खिमा गुरुङले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं