SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१४ गते
    १६४२ &#२३४६;&#२३३५;&#२३२५;

    जाडो महिना शुरु भईसकेको छ । काठमाडौँ लगायत देशभर जाडो बढ्दैछ । विषेश गरि जाडोमा हामीले हाम्रो स्वास्थ्यमा धेरै ध्यान पुर्याउनै पर्दछ । जाडो महिनामा कयौँ मानिसहरुलाई नाक बन्द हुने, नाकबाट पानी बग्ने आदि समस्या देखापर्दछ । यस्तै कयौँलाई त ज्वरोले सिकिस्त पनि बनाउने गर्दछ । यहिकारण तपाईंले एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना हुनुपर्ने स्थिती आउने गर्दछ ।चिसोका कारण बालबालिका, महिला, वृद्धवृद्धा लगायत सबै उमेर समूहका मानिसलाई विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् ।

    निमोनिया, दम, रूघाखोकी, टन्सिल, ब्रोन्काइटिसजस्ता समस्या चिसो कै उपज हुन् । चिसो मौसममा सबैभन्दा बढी देखिने समस्या भनेको रूघाखोकी हो । चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाई महसुस हुने लगायतका विभिन्न समस्या देखिन्छन् ।

    चिसोबाट बच्न सके रूघाखोकी लगायतका रोगहरु बाट बच्न सकिन्छ । चिसोबाट बच्नका लागि बजारमा पाइने औषधी भन्दा घरमा पाइने सामग्रीलाई औषधीको रुपमा प्रयोग गर्न सकिने कुरा वैद्य बताउँछन् । हरेक दिन बिहान खाली पेटमा ३ ग्राम देखि ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिसाएर नियमित ३/४ दिनसम्म लगातार सेवन गर्नाले रुघाखोकी सन्चो हुन्छ। ४/५ वटा तुलसीको पातलाई तातो पानीमा राखेर हरेक दिन बिहान खाली पेटमा सेवन गरे पनि रुघाखोकीबाट बच्न सकिन्छ ।

    यसका अलवा तुलसीको ४/५ वटा पातलाई नियमित महमा मिसाएर खाएमा खोकी तथा घाँटीको खसखस निको हुन्छ। अदुवालाई हल्का पोलेर महसँग मिसाएर नियमित सेवन गरेमा पनि रुघाखोकीबाट बच्न सकिन्छ । ज्वानो, वेसार र अदुवालाई मिसाएर पानीमा पकाएर हरेक दिन बिहान बेलुका आधा गिलास खाने गरेमा पनि चिसोबाट हुने समस्या बाट मुक्ति मिल्छ । हाम्रो गाउँघरमा पाइने रुदिलोलाई पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोबाट निम्तिने श्वाशप्रश्वास सम्बन्धी समस्याबाट राहत मिल्दछ । यस्तै, रुघाखोकी लागेको बेलामा हाम्रो गाउँघरमा पाइने गुर्जोको लहरालाई थिचेर यसको रस नियमित सेवन गरेमा पनि रुघाखोकी, ज्वरोबाट बच्न सकिन्छ ।

    तपाईँलाई हाच्छिउले कत्तिको सताउँछ ?
    हाच्छिउ गर्नु एक प्राकृतिक प्रकृया हो । जसले शरीरलाई चिसो धुलो धुवा तथा एलर्जीबाट बचाउने काम गर्छ । नाकभित्र हुने सिलिया( रौँ)हरुमा बाहिरी तत्वहरुको प्रवेश भयो भने शरीरको सिस्टमले भित्र छिर्न नदिनका लागि हावा, पानी, सिघान र भित्र छिरेका तत्व सहित बेगले बाहिर निकन्छ । यसलाई रोक्नु स्वास्थ्यको दृष्टिकोणले खराब मानिन्छ ।

    आउनुस हेरौँ हाच्छिउ सम्बन्धी केही रोचक तथ्यहरु :
    १. हाच्छिउ गर्दा निस्कने वायु पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्छ ।२. हाच्छिउ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ ।३. हाच्छिउ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुर्नस्फुर्ति ल्याँउछ ।४. धुवा धुलो चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउको कारण बन्न सक्छ । करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ ।५. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउ दुई तीन पटक सम्म लगातार आउन सक्छ ।

    ६. हाच्छिउ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।७. हाच्छिउ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।८. आइरहेको हाच्छिउ रोक्नु एकदमै खराब मानिन्छ । त्यसो गर्दा बेगसंग भित्रबाट निस्किएको हाच्छिउको दवाव आँखाका धमनीहरु कानको जाली मस्तिस्क तथा डायफ्राम पर्न गई नराम्रो असर गर्छ ।९. तर यदि तपाईँलाई हाच्छिउ आउला जस्तो भएको छ भने त्यसलाई भने रोक्न सकिन्छ । नाक कन्याउने, नाक र ओठको बीचको भागलाई औलाले दवाव दिने लामो स्वास लिने गर्दा हाच्छिउ रोक्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं