
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
जाडो महिना शुरु भईसकेको छ । काठमाडौँ लगायत देशभर जाडो बढ्दैछ । विषेश गरि जाडोमा हामीले हाम्रो स्वास्थ्यमा धेरै ध्यान पुर्याउनै पर्दछ । जाडो महिनामा कयौँ मानिसहरुलाई नाक बन्द हुने, नाकबाट पानी बग्ने आदि समस्या देखापर्दछ । यस्तै कयौँलाई त ज्वरोले सिकिस्त पनि बनाउने गर्दछ । यहिकारण तपाईंले एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना हुनुपर्ने स्थिती आउने गर्दछ ।चिसोका कारण बालबालिका, महिला, वृद्धवृद्धा लगायत सबै उमेर समूहका मानिसलाई विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् ।
निमोनिया, दम, रूघाखोकी, टन्सिल, ब्रोन्काइटिसजस्ता समस्या चिसो कै उपज हुन् । चिसो मौसममा सबैभन्दा बढी देखिने समस्या भनेको रूघाखोकी हो । चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाई महसुस हुने लगायतका विभिन्न समस्या देखिन्छन् ।
चिसोबाट बच्न सके रूघाखोकी लगायतका रोगहरु बाट बच्न सकिन्छ । चिसोबाट बच्नका लागि बजारमा पाइने औषधी भन्दा घरमा पाइने सामग्रीलाई औषधीको रुपमा प्रयोग गर्न सकिने कुरा वैद्य बताउँछन् । हरेक दिन बिहान खाली पेटमा ३ ग्राम देखि ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिसाएर नियमित ३/४ दिनसम्म लगातार सेवन गर्नाले रुघाखोकी सन्चो हुन्छ। ४/५ वटा तुलसीको पातलाई तातो पानीमा राखेर हरेक दिन बिहान खाली पेटमा सेवन गरे पनि रुघाखोकीबाट बच्न सकिन्छ ।
यसका अलवा तुलसीको ४/५ वटा पातलाई नियमित महमा मिसाएर खाएमा खोकी तथा घाँटीको खसखस निको हुन्छ। अदुवालाई हल्का पोलेर महसँग मिसाएर नियमित सेवन गरेमा पनि रुघाखोकीबाट बच्न सकिन्छ । ज्वानो, वेसार र अदुवालाई मिसाएर पानीमा पकाएर हरेक दिन बिहान बेलुका आधा गिलास खाने गरेमा पनि चिसोबाट हुने समस्या बाट मुक्ति मिल्छ । हाम्रो गाउँघरमा पाइने रुदिलोलाई पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोबाट निम्तिने श्वाशप्रश्वास सम्बन्धी समस्याबाट राहत मिल्दछ । यस्तै, रुघाखोकी लागेको बेलामा हाम्रो गाउँघरमा पाइने गुर्जोको लहरालाई थिचेर यसको रस नियमित सेवन गरेमा पनि रुघाखोकी, ज्वरोबाट बच्न सकिन्छ ।
तपाईँलाई हाच्छिउले कत्तिको सताउँछ ?
हाच्छिउ गर्नु एक प्राकृतिक प्रकृया हो । जसले शरीरलाई चिसो धुलो धुवा तथा एलर्जीबाट बचाउने काम गर्छ । नाकभित्र हुने सिलिया( रौँ)हरुमा बाहिरी तत्वहरुको प्रवेश भयो भने शरीरको सिस्टमले भित्र छिर्न नदिनका लागि हावा, पानी, सिघान र भित्र छिरेका तत्व सहित बेगले बाहिर निकन्छ । यसलाई रोक्नु स्वास्थ्यको दृष्टिकोणले खराब मानिन्छ ।
आउनुस हेरौँ हाच्छिउ सम्बन्धी केही रोचक तथ्यहरु :
१. हाच्छिउ गर्दा निस्कने वायु पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्छ ।२. हाच्छिउ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ ।३. हाच्छिउ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुर्नस्फुर्ति ल्याँउछ ।४. धुवा धुलो चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउको कारण बन्न सक्छ । करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ ।५. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउ दुई तीन पटक सम्म लगातार आउन सक्छ ।
६. हाच्छिउ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।७. हाच्छिउ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।८. आइरहेको हाच्छिउ रोक्नु एकदमै खराब मानिन्छ । त्यसो गर्दा बेगसंग भित्रबाट निस्किएको हाच्छिउको दवाव आँखाका धमनीहरु कानको जाली मस्तिस्क तथा डायफ्राम पर्न गई नराम्रो असर गर्छ ।९. तर यदि तपाईँलाई हाच्छिउ आउला जस्तो भएको छ भने त्यसलाई भने रोक्न सकिन्छ । नाक कन्याउने, नाक र ओठको बीचको भागलाई औलाले दवाव दिने लामो स्वास लिने गर्दा हाच्छिउ रोक्न सकिन्छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया