SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१४ गते
    १५८८ &#२३४६;&#२३३५;&#२३२५;

    बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सार्वजनिक गरेको विश्वका एकसय प्रभावशाली व्यक्तिमध्ये नेपालकी भूमिका श्रेष्ठ परेकी छिन् ।लै’ङ्गिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठ युवा नेतृत्व गर्ने व्यक्तिका रुपमा छानिएको गोरखापत्र दैनिकमा चाँदनी हमालले समाचार लेखेकी छिन् । भूमिका तेस्रो लि’ङ्गी हुन् ।संस्थाले विश्वभरबाट छनौट गरेका नौ हजार जनाबाट एकसय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको हो ।

    यो सूचीमा पर्न भूमिकाले केवल तेस्रो लिङ्गिको अधिकारका लागि मात्र काम गरेकाले भने होइन । भूमिकाको वास्तविक नाम कैलाश श्रेष्ठ हो । बाल्यकालदेखि नै पुरुषभन्दा महिलाको चरित्र देखिएपछि शुरुमा परिवारले उनको स्वभावलाई बालसुलभ कामको रुपमा लिएका थिए । तर ११ वर्षको हुँदा पनि त्यो व्यवहार परिवर्तन हुनुको साटो बढ्दै गयो ।“बल्ल मैले म अरुभन्दा फरक छु भन्ने महसुस गर्न थाले,” श्रेष्ठले बाल्यवस्था स्मरण गरिन्, “केटीले जस्तै गाजल लाउने, दुईचुल्ठी बाट्ने, फ्रक लाएर खेल्न जाने अनि कम्मरमा गाग्री बोकेर हिंड्दा सबैले उल्याउँथे ।” उनी आठ वर्षको उमेरमा बुबा विते ।

    आमाको सहारामा हुर्किंदा स्कुलमा केटाहरूले केटी भनेर जिस्काउने, शौचालय जाँदा दुर्व्यवहार गर्ने, शिक्षकले केटा जस्तो भएर यस्तो किन गरेको भनेर हरेक दिन श्रेष्ठलाई गाली गर्थे । “भोलि कपाल काटेर केटा जस्तो भएर नआए सजाय दिने भनेर प्रिन्सिपलले भनेपछि दशकक्षाको पढाइ नै छाडे,” उनले पी’डा पोखिन् ।

    कैलाशबाट भूमिका बनेपछि=फरक पहिचानकै कारण अनेक समस्या भोग्दै उनी १७ वर्षको उमेरमा ब्लु डायमण्ड सोसाइटीको सम्पर्कमा पुगिन् ।त्यहीबाट उनी कैलाश श्रेष्ठबाट भूमिका श्रेष्ठ बनिन् । सन् २००४ ताका नेपाल टेलिभिजनले सञ्चालन गर्ने हाम्रो काठमाडौँ कार्यक्रममा उनले पहिचान खुलाएरै अन्तरवर्ता दिएपछि लुकेका धेरै तेस्रो लि’ङ्गी बाहिर आए ।लैङ्गिक पहिचान भनेको महिला र पुरुषको मात्र हैन समाजमा रहेका हरेकको हुनुपर्छ भनेर सुनिलबाबु पन्त, पिंकि गुरुङ लगायतसँग हातेमालो गर्दै पहिचानको अधिकार प्राप्त गर्ने यात्रामा सामेल भइन् ।

    का’नूनी ल’डाइको सफलता=वि.सं. २०६४ साल पुस ६ गते सर्वोच्च अदालतले विभेदकारी का’नून खा’रेज गरी तेस्रो लिङ्गी तथा लै’ङ्गिक अल्पसंख्यकलाई अन्य नागरिक सरह अधिकार दिन सरकारलाई निर्देशन दिदै फै’सला गर्यो । सरकारलाई फरक लैङ्गिक पहिचान भएकै आधारमा मौलिक हकबाट बन्चित नगर्न भनेपछि संसद्ले कानून बनाउने बाटो पायो सुनिलबाबु पन्तले तेस्रो लि’ङ्गीका तर्फबाट सर्वोच्चमा दायर गरेको रिटमा त्यो परिवर्तनकारी निर्णय भएको श्रेष्ठ बताउँछिन् ।नेपालको संविधान २०७२ को धारा १२, १८ र ४२ ले तेस्रो लिङ्गि तथा लैङ्गिक अल्पसंख्यकको हक सुनिश्चित गरेको छ ।संविधानमै तेस्रो लि’ङ्गीको अधिकार उल्लेख गर्ने दक्षिण अफ्रिका, इक्वेडरपछि नेपाल तेस्रो राष्ट्र हो ।

    थपियो उत्साह-सूचीमा परेपछि प्रतिक्रिया दिँदै उनले काममा सक्रिय हुन उर्जा थपिएको बताएकी छिन् । ‘‘सूचिमा परेको खबर पाएपछि निकै उत्साहित भएको छु,” उनले भनिन्, “अब उपलब्ध हुने मञ्चमा नेपालमा व्याप्त लैङ्गिक असमानता हटाउने उपायबारे बहस चलाउनेछु ।

    बत्तीस वर्षीया श्रेष्ठ हाल तेस्रो लि’ङ्गिको हकहितका लागि काम गर्ने संस्था ब्लु डायमण्ड सोसाइटीमा कार्यक्रम व्यवस्थापक, यौ’निक तथा लै’ङ्गिक अल्पसंख्यक महासंघमा उपाध्यक्ष, यौ’निक तथा लै’ङ्गिक अल्पसंख्यक विद्यार्थी मञ्चमा कोषाध्यक्ष, महिलाको लागि लै’ङ्गिक समानता सम्बन्धि काम गर्ने संस्था ‘लुम’मा सल्लाहकारलगायतका बालबालिकाको क्षेत्रमा काम गरिरहेकी छिन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं