
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सार्वजनिक गरेको विश्वका एकसय प्रभावशाली व्यक्तिमध्ये नेपालकी भूमिका श्रेष्ठ परेकी छिन् ।लै’ङ्गिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठ युवा नेतृत्व गर्ने व्यक्तिका रुपमा छानिएको गोरखापत्र दैनिकमा चाँदनी हमालले समाचार लेखेकी छिन् । भूमिका तेस्रो लि’ङ्गी हुन् ।संस्थाले विश्वभरबाट छनौट गरेका नौ हजार जनाबाट एकसय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको हो ।
यो सूचीमा पर्न भूमिकाले केवल तेस्रो लिङ्गिको अधिकारका लागि मात्र काम गरेकाले भने होइन । भूमिकाको वास्तविक नाम कैलाश श्रेष्ठ हो । बाल्यकालदेखि नै पुरुषभन्दा महिलाको चरित्र देखिएपछि शुरुमा परिवारले उनको स्वभावलाई बालसुलभ कामको रुपमा लिएका थिए । तर ११ वर्षको हुँदा पनि त्यो व्यवहार परिवर्तन हुनुको साटो बढ्दै गयो ।“बल्ल मैले म अरुभन्दा फरक छु भन्ने महसुस गर्न थाले,” श्रेष्ठले बाल्यवस्था स्मरण गरिन्, “केटीले जस्तै गाजल लाउने, दुईचुल्ठी बाट्ने, फ्रक लाएर खेल्न जाने अनि कम्मरमा गाग्री बोकेर हिंड्दा सबैले उल्याउँथे ।” उनी आठ वर्षको उमेरमा बुबा विते ।
आमाको सहारामा हुर्किंदा स्कुलमा केटाहरूले केटी भनेर जिस्काउने, शौचालय जाँदा दुर्व्यवहार गर्ने, शिक्षकले केटा जस्तो भएर यस्तो किन गरेको भनेर हरेक दिन श्रेष्ठलाई गाली गर्थे । “भोलि कपाल काटेर केटा जस्तो भएर नआए सजाय दिने भनेर प्रिन्सिपलले भनेपछि दशकक्षाको पढाइ नै छाडे,” उनले पी’डा पोखिन् ।
कैलाशबाट भूमिका बनेपछि=फरक पहिचानकै कारण अनेक समस्या भोग्दै उनी १७ वर्षको उमेरमा ब्लु डायमण्ड सोसाइटीको सम्पर्कमा पुगिन् ।त्यहीबाट उनी कैलाश श्रेष्ठबाट भूमिका श्रेष्ठ बनिन् । सन् २००४ ताका नेपाल टेलिभिजनले सञ्चालन गर्ने हाम्रो काठमाडौँ कार्यक्रममा उनले पहिचान खुलाएरै अन्तरवर्ता दिएपछि लुकेका धेरै तेस्रो लि’ङ्गी बाहिर आए ।लैङ्गिक पहिचान भनेको महिला र पुरुषको मात्र हैन समाजमा रहेका हरेकको हुनुपर्छ भनेर सुनिलबाबु पन्त, पिंकि गुरुङ लगायतसँग हातेमालो गर्दै पहिचानको अधिकार प्राप्त गर्ने यात्रामा सामेल भइन् ।
का’नूनी ल’डाइको सफलता=वि.सं. २०६४ साल पुस ६ गते सर्वोच्च अदालतले विभेदकारी का’नून खा’रेज गरी तेस्रो लिङ्गी तथा लै’ङ्गिक अल्पसंख्यकलाई अन्य नागरिक सरह अधिकार दिन सरकारलाई निर्देशन दिदै फै’सला गर्यो । सरकारलाई फरक लैङ्गिक पहिचान भएकै आधारमा मौलिक हकबाट बन्चित नगर्न भनेपछि संसद्ले कानून बनाउने बाटो पायो सुनिलबाबु पन्तले तेस्रो लि’ङ्गीका तर्फबाट सर्वोच्चमा दायर गरेको रिटमा त्यो परिवर्तनकारी निर्णय भएको श्रेष्ठ बताउँछिन् ।नेपालको संविधान २०७२ को धारा १२, १८ र ४२ ले तेस्रो लिङ्गि तथा लैङ्गिक अल्पसंख्यकको हक सुनिश्चित गरेको छ ।संविधानमै तेस्रो लि’ङ्गीको अधिकार उल्लेख गर्ने दक्षिण अफ्रिका, इक्वेडरपछि नेपाल तेस्रो राष्ट्र हो ।
थपियो उत्साह-सूचीमा परेपछि प्रतिक्रिया दिँदै उनले काममा सक्रिय हुन उर्जा थपिएको बताएकी छिन् । ‘‘सूचिमा परेको खबर पाएपछि निकै उत्साहित भएको छु,” उनले भनिन्, “अब उपलब्ध हुने मञ्चमा नेपालमा व्याप्त लैङ्गिक असमानता हटाउने उपायबारे बहस चलाउनेछु ।
बत्तीस वर्षीया श्रेष्ठ हाल तेस्रो लि’ङ्गिको हकहितका लागि काम गर्ने संस्था ब्लु डायमण्ड सोसाइटीमा कार्यक्रम व्यवस्थापक, यौ’निक तथा लै’ङ्गिक अल्पसंख्यक महासंघमा उपाध्यक्ष, यौ’निक तथा लै’ङ्गिक अल्पसंख्यक विद्यार्थी मञ्चमा कोषाध्यक्ष, महिलाको लागि लै’ङ्गिक समानता सम्बन्धि काम गर्ने संस्था ‘लुम’मा सल्लाहकारलगायतका बालबालिकाको क्षेत्रमा काम गरिरहेकी छिन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया