SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१९ गते
    १४७८ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । परदेशी गायीकाको छबि बनाउँदै गएकी गायिका निशा क्षेत्री {निशाना} को भर्खरै मात्र बजारमा आएको लोक गित बरदानले तहल्का पिट्दै गएको छ । हालै मात्र निशा क्षेत्री {निशाना} ले आफ्नै युटुब च्यानलमा सार्वजनिक गरेको गितले आम दर्शक श्रोताहरुको मन जित्न सफल भएको उनी बताउँछिन ।

    बाग्लुगं जिल्लामा जन्मिएर हाल जापानमा रहेकी गायिकाले यो भन्दा अगाडी दर्जनौं गितहरु गायिकी छिन र उनका गितहरुले दर्शक श्रोताहरुको मन जित्न सफल भएको पनि छ । समाजका घटनाहरु तथा माया प्रेमका कथालाई शब्दको माध्यामबाट स्वरमा उनेर मिठास तरिकाले पस्कन सक्ने क्षेमता रहेकी गायिका निशानाको यसपालीको एकल गित बरदानले पनि राम्रै चर्चा पाईरहेको छ ।

    मन्दिर जादा समाउथे थाली
    झनै ठुलो बज्रपात यसपाली
    कहिले दिन्छौं भगवान मैले मागेको बर
    मै जस्तो दुखी, मै जस्तै अभागी हे भगवान अरु को नै छर जस्ता निकै मार्मिक शब्दहरुलाई उनै गायिका क्षेत्रीले कारेकी छिन । राजन कार्कीको लयमा तयार भएको गितको भिडियोमा उनै क्षेत्री, आसिर र सोनाको अभिनय रहेको छ ।

    आफ्नै युटुव च्यानल निशा क्षेत्रीबाट सार्बजनिक गरिएको गितलाई तारानाथ आचार्यले एरेन्च गरेका छन् भने सम्पादन प्रकाश धमला, सिनेअटोग्राफी सुरेश श्रेष्ठ र गितलाई निर्देशन स्मृती तिमील्सीना गुरुआमाले गरेकी छन् । गितलाई सफलताको लागि सुचनाकेन्द्र डटकमको तर्फबाट शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं