SuchanaKendra

  • Radio Kushum

  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१६ गते
    १२३५ &#२३४६;&#२३३५;&#२३२५;

    टेकराज भण्डारी, अछाम।अछामको साँफेबगरमा छाउपडी गोठमा महिनावारी भएको ४ दिनकी एक युवतिको ज्यान गएको छ । साँफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा २१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेवगरका प्रहरी निरिक्षक नरपती भट्टले बताउनुभयो । छाउगोठ घर भन्दा १०० मिटर टाढा रहेको प्रहरीले जनाएको छ ।  मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडा माइति घर भएकी पार्वती १८ महिना पहिले बिहे भएको थियो । हिजो साँझ खाना खाएर सुतेकी उनी आज बिहान मृत भेटिएकी हुन् । बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत भेटिएको मृतकका जेठाजु छत्र रावतले जानकारी दिनुभयो । के कसरी मृत्युु भयो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको छ। मृतकका श्रीमान करन रावत ६ महिना देखि रोजगारीको सिलसिलामा भारतमा रहेका सोही वडा निवासी साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो । मृतकको पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याईएको छ । अछाममा हालसम्म १५ जना भन्दा बढी महिलाको छाउ गोठमा मृत्यु भईसकको छ।

    टेकराज भण्डारी, अछाम,अछामको साँफेबगरमा छाउपडी गोठमा महिनावारी भएको ४ दिनकी एक युवतिको ज्यान गएको छ । साँफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा २१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेवगरका प्रहरी निरिक्षक नरपती भट्टले बताउनुभयो । छाउगोठ घर भन्दा १०० मिटर टाढा रहेको प्रहरीले जनाएको छ ।  मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडा माइति घर भएकी पार्वती १८ महिना पहिले बिहे भएको थियो । हिजो साँझ खाना खाएर सुतेकी उनी आज बिहान मृत भेटिएकी हुन् । बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत भेटिएको मृतकका जेठाजु छत्र रावतले जानकारी दिनुभयो । के कसरी मृत्युु भयो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको छ। मृतकका श्रीमान करन रावत ६ महिना देखि रोजगारीको सिलसिलामा भारतमा रहेका सोही वडा निवासी साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो । मृतकको पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याईएको छ । अछाममा हालसम्म १५ जना भन्दा बढी महिलाको छाउ गोठमा मृत्यु भईसकको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं