SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/५ गते
    ३०११ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको ७ औं महादिबेशन नजिकिएसँगै उमेद्बारहरुको पनि चर्चा उत्तिकै चुलिँदै गएको छ । कलाकारहरुको संस्था भएको कारण पनि चर्चा निकै उच्च तहमा नै छ । पोखरामा भेला हुँदै गरेका कलाकारहरु चुनावमा आफुलाई उमेद्बारको रुपमा खडा गर्दै गएका पनि छन् ।

    यस्तैमा गण्डकी प्रदेशले भने आफ्नो भुगोल तर्फको उमेद्बार एकजना मात्रै रहने र सो उमेद्बार गायक तथा सर्जक कृष्ण अखेली हुने बताएको छ । २०७६ मंसीर ०४ गते लोक दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेशले केन्द्रलाई पत्र लेख्दै संस्थाको तर्फबाट निर्वाचनमा भिड्ने अखेली नै आफ्नो आधिकारीक उमेद्बार भएको बताएको छ । पत्रमा संस्थाका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुगं र सचिव राजन कार्कीले हस्ताक्षर गरेका छन् ।

    बिगत १५ बर्ष देखि लोक दोहोरी क्षेत्रमा अनबरत लागिरहेका अखेली यस अगाडी धौलागिरी अञ्चलको महासचिव, बरिष्ठ उपाध्यक्ष हुँदै ३ कार्याकाल बिताएका थिए । साथै देश प्रदेशमा बिभाजन भएपनि निर्माण भएको लोकदोहोरी प्रतिष्ठान प्रदेश शाखाको संस्थापक सचिवालय सदस्य पनि हुन । उनलाई देशकै अग्रज कलाकारहरुको साथै आम दर्शक श्रोताको माया निरन्तर रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं