SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२३ गते
    १०९६ &#२३४६;&#२३३५;&#२३२५;

    ब्लुक्रस अस्पतालमा उपचारका क्रममा गत शुक्रबार निधन भएका शेरबहादुर खत्रीकी छोरी देवी खत्रीले बुबाको निधन भइसक्दासम्म अस्पतालले समयमा नै जानकारी नगराउँदा ज्यादै पीडाबोध भएको बताउनुभएको छ। बिहीबार नेपाल समाचारपत्र दैनिकसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘गल्ती गरें भनेर अस्पतालले भन्दै भन्दैन।
    डाक्टरहरूले ढोका बन्द गरेर यताउति गरिरहेको देखेपछि आफैंले ढोका ढक्ढक्याएर हेरेपछि थाहा पायौं। अन्तिम अवस्थामा डाक्टरले एसएमएसको उत्तरसमेत दिनुभएन।’ डाक्टरहरूबाटै फरकफरक जानकारी आउँदा यस्तो अवस्था आएको भन्दै उहाँले सुनाउनुभयो– ‘बुबालाई गाह्रो भएको छ भनेको भए मैले हेर्थें र आफन्तलाई बोलाउँथें। डाक्टरहरूले सहानुभूतिसम्म देखाएनन्।’

    बुबाको आत्माले शान्ति पाओस् भनेर १३ दिनको काम राम्ररी गर्न लागेको बताउँदै खत्रीले थप्नुभयो– ‘प्रशासनले अस्पतालको लापरबाही नभएर उपचारकै क्रममा यस्तो भएको भनेर जिकिर गर्यो। डाक्टरहरू अगाडि नै आएनन्।’‘कानुनी रूपमा जाँदा मुद्दा लड्नुपर्ने झन्झट भएकाले त्यतातिर लाग्न सकिएन। डाक्टरको डाक्टर नै साथी हुन्छ। पोस्टमार्टम हेर्ने पनि डाक्टर नै हुन्छ।’ –उहाँले भन्नुभयो।

    यद्यपि खत्रीले यतिबेला अस्पतालसँग कुनै गुनासो नभएको दाबी गर्दै भन्नुभयो– ‘बुबा गइसक्नुभयो, आउनुहुन्न भन्ने लागेर दुवै पक्षको हस्ताक्षर गरेर कागज बनाएका छौं। प्रशासनका रजत श्रेष्ठसँग सम्झौता भएको छ। ३ वर्षको भाइलाई अध्ययन गराउन के गर्ने भन्ने कुरा १३ दिनको कामपछि गर्ने भन्ने छ। अस्पतालले उपचारको सम्पूर्ण खर्च मिनाहा गरिदिने बताएकाले केही गर्न सकिएन।’

    अस्पतालले भाइलाई पढाइदिने भनेको कुरालाई सकारात्मक मान्दै खत्रीले भन्नुभयो– ‘पीडा भएको बेला युटुबमा के बोलियो थाहै भएन। गाह्रो भएको कुरा बताएको भए त्यति बोल्ने पनि थिएनौं। शुरूमा जस्तै अन्तिममा जानकारी नगराएकाले त्यति भन्नु जायज नै थियो।’

    खत्रीले अस्पताल र आफूहरूबीच भएको सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ। तर पछिल्लो समयमा यस्ता घटनामा अस्पताल र पीडित बिरामीका पक्षबीच मात्रै यस्ता सम्झौता हुँदा र मेडिकल काउन्सिल सक्रिय नबन्दा समाजमा गलत नजीर बस्दै जाने यस क्षेत्रका विज्ञहरू बताउँछन्। श्रोत नेपाल समाचार पत्र

    https://youtu.be/T2MaMwiFIWg

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं