SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२३ गते
    ९२८ &#२३४६;&#२३३५;&#२३२५;

    सत्तारुढ (नेकपा)का नेता एवं पूर्वमन्त्री लेखराज भट्टले पार्टी निकट विद्यार्थी संगठनले भारतको विरुद्ध गरिरहेको प्रदर्शन गलत भएको बताएका छन् । माओवादी विद्रोहको पृष्ठभुमीबाट उदाएका नेता भट्टले बिहिबार बेलुकी एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा पार्टीकै विद्यार्थी संगठन अनेरास्ववियुलाई गलत भनेका हुन् ।

    भारतले जारी गरेको नक्सामा नेपालको कालापानी लगायत भूभाग समेटेको विरोधमा अहिले सत्तारुढ पार्टीनिकट विद्यार्थी संगठनले भारतको विरोध गरिरहेको छ । कालापानी र लिपुलेकको ऐतिहासिक पक्षलाई अध्ययन गर्नुपर्ने भन्दै नेकपा नेता भट्टले ईतिहासमा भएका कमजोरीको समीक्षा गर्नुपर्ने तर्क राखेका छन् ।

    भारत र चीनबीच युद्ध हुँदा कालापानीमा भारतले सेना राखेको र सोही बेला नेपालले पनि त्यहाँ आफ्नो सेना राख्नुपर्ने, तर यसो नगर्दा समस्या परेको भट्टले बताएका छन् ।

    भारतसँग सिमा विवाद निकै लामो समयदेखि यथावत रहेको, तर आफु नै सरकारमा सहभागी भएका बेला पनि यसबारे कुनै काम नगरेको भट्टले जानकारी दिए । साथै, कालापानीमा खुकुरी लिएर जानु पनि आफुहरुको कमजोरी रहेको र जनताको सेन्टीमेन्ट लिनका लागि मात्रै यसो गरिएको भट्टले बताएका छन् ।

    भारतसँग द्विपक्षीय वार्ता गर्नुको साटो आफुहरुले देखावटी देशभक्तिको काम गरेको र सन् २०१४ मै लिपुलेकलाई भारत र चीनको सिमाका रुपमा राखेको पनि भट्टले खुलासा गरे । कुटनीतिक तवरले समस्याको समाधान गर्नुको साटो विद्यार्थी संगठन सडकमा आउनु गलत भएको भन्दै भट्टले कालापानी र लिपुलेकबारे नेपाल सरकारले निकालेको विज्ञप्ति झारा टारेको जस्तो देखिएको तथा भारतले दिएको स्पष्टोक्ति पनि स्पष्ट नभएको भट्टको भनाई छ ।

    भारतको विरोध गर्न आफ्नो पार्टीले विद्यार्थीहरुलाई सडकमा नपठाएको समेत भट्टले जिकिर गरे । विद्यार्थीहरुलाई सडकमा आउनको लागि सरकारले निर्देशन नदिएको, तर सडकमा ओर्लिहाल्ने पहिलेको स्कुलिङका कारण विद्यार्थीहरु सडकमा पुगेको उनले बताए । नेपाल र भारतबीचको समस्या सडकबाट हल नहुने हुनाले यसका लागि नेतृत्वलाई दबाब दिनुपर्ने, तर सडककमा जान नहुने तर्क भट्टले राखे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं