SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२१ गते
    १३३६ &#२३४६;&#२३३५;&#२३२५;

    सुदीप पौडेल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी छवि बनाएका नेतामा पर्छन् । पहिलोपटक प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको डटेर सामना गरेका ओली अहिले दोस्रोपटक प्रधानमन्त्री हुँदा मुलुकको राष्ट्रिय अखण्डता, स्वाभिमान रक्षा गर्नुपर्ने अवस्थामा छन् । भारतले नेपाली सिमाना मिच्दै आएको नयाँ घटना होइन, सुस्तादेखि तिलाठीसम्म नेपाली भूभाग चिच्दै आएको छ । तर, यसपटक भने उसले नेपाली सिमानामात्रै मिचेन, हालै बनाएको आफ्नो नक्सामा नेपालको ठूलो भूभागलाई आफ्नोमा पारेको छ । नक्सा सार्वजनिक भएर सर्वत्र विरोध भइरहँदा सरकारको तर्फबाट कुनै धारणा आइसकेको छैन । यसले भारतविरोधी मात्रै होइन ओली सरकारविरोधी आवाज उठ्ने देखिएको छ ।

    हर नागरिकले विकास र सुविधा भन्दा राष्ट्रिय स्वाभिमान चाहन्छ । यसको उदाहरण हो, २०७२ सालमा भारतले लगाएको नाकाबन्दीमा सास्ती खेपेर तत्कालीन ओली सरकारलाई भारतसँग नझुक्न गरेको सहयोग । लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर आफ्नो नक्सा सार्वजनिक गरेको भारतले नेपालको स्वाभिमानमाथि प्रहार गरेको छ । जसको सामना गर्न ओली सरकार अग्रसरमात्रै होइन नक्सा सच्याउन भारतलाई बाध्य पार्न नेपाल सरकार र जनता सक्षम हुनुपर्छ । विकास र समृद्धिको नारा र कामले राष्ट्रिय स्वाभिमानलाई बचाउन सक्दैन ।

    भारतले नेपाली सीमा मिच्दा सरकारीस्तरबाट कडा प्रतिवाद नहुँदाको परीणाम अहिले देखिएको हो । यसबेला पनि चुप लागे भारतले नेपालमाथि जस्तो सुकै कदम चाल्न हिच्किचाउने छैन । यसर्थ प्रधानमन्त्री ओलीबाट यसको समाधान खोजेका छन्, जनताले । प्रधानमन्त्री ओलीलाई आफ्नो वास्तविक राष्ट्रवादी छवि देखाउने अवसर पनि हो ।

    नेपालको भूमि समेटेर भारतले नक्सा बनाएकोप्रति काठमाडौंस्थित नेपालका लागि भारतीय राजदूतलाई बोलाएर अहिलेसम्म स्पष्टीकरण सोध्ने हिम्मत ओली सरकारले किन गर्न सकेको छैन ? यसबारे तत्काल भारतको आधिकारिक धारणा माग्दै नक्सा सच्याउन निर्देशन दिनुपर्ने ओली सरकारले हालसम्म विरोधमा एउटा विज्ञप्ति जारी गरेको छैन ।

    भारतको सहयोगमा पानी जहाज र रेल चलाउनु भन्दा आफ्नो भूमि रक्षा गर्नेतर्फ ओली सरकार नलाग्ने हो सरकारविरोध भावना बढ्न सक्ने देखिन्छ । यसतर्फ बेलैमा सरकार तथा सम्बन्धित् निकायको ध्यान जानु आवश्यक छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं