
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
सुदीप पौडेल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी छवि बनाएका नेतामा पर्छन् । पहिलोपटक प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको डटेर सामना गरेका ओली अहिले दोस्रोपटक प्रधानमन्त्री हुँदा मुलुकको राष्ट्रिय अखण्डता, स्वाभिमान रक्षा गर्नुपर्ने अवस्थामा छन् । भारतले नेपाली सिमाना मिच्दै आएको नयाँ घटना होइन, सुस्तादेखि तिलाठीसम्म नेपाली भूभाग चिच्दै आएको छ । तर, यसपटक भने उसले नेपाली सिमानामात्रै मिचेन, हालै बनाएको आफ्नो नक्सामा नेपालको ठूलो भूभागलाई आफ्नोमा पारेको छ । नक्सा सार्वजनिक भएर सर्वत्र विरोध भइरहँदा सरकारको तर्फबाट कुनै धारणा आइसकेको छैन । यसले भारतविरोधी मात्रै होइन ओली सरकारविरोधी आवाज उठ्ने देखिएको छ ।
हर नागरिकले विकास र सुविधा भन्दा राष्ट्रिय स्वाभिमान चाहन्छ । यसको उदाहरण हो, २०७२ सालमा भारतले लगाएको नाकाबन्दीमा सास्ती खेपेर तत्कालीन ओली सरकारलाई भारतसँग नझुक्न गरेको सहयोग । लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर आफ्नो नक्सा सार्वजनिक गरेको भारतले नेपालको स्वाभिमानमाथि प्रहार गरेको छ । जसको सामना गर्न ओली सरकार अग्रसरमात्रै होइन नक्सा सच्याउन भारतलाई बाध्य पार्न नेपाल सरकार र जनता सक्षम हुनुपर्छ । विकास र समृद्धिको नारा र कामले राष्ट्रिय स्वाभिमानलाई बचाउन सक्दैन ।
भारतले नेपाली सीमा मिच्दा सरकारीस्तरबाट कडा प्रतिवाद नहुँदाको परीणाम अहिले देखिएको हो । यसबेला पनि चुप लागे भारतले नेपालमाथि जस्तो सुकै कदम चाल्न हिच्किचाउने छैन । यसर्थ प्रधानमन्त्री ओलीबाट यसको समाधान खोजेका छन्, जनताले । प्रधानमन्त्री ओलीलाई आफ्नो वास्तविक राष्ट्रवादी छवि देखाउने अवसर पनि हो ।
नेपालको भूमि समेटेर भारतले नक्सा बनाएकोप्रति काठमाडौंस्थित नेपालका लागि भारतीय राजदूतलाई बोलाएर अहिलेसम्म स्पष्टीकरण सोध्ने हिम्मत ओली सरकारले किन गर्न सकेको छैन ? यसबारे तत्काल भारतको आधिकारिक धारणा माग्दै नक्सा सच्याउन निर्देशन दिनुपर्ने ओली सरकारले हालसम्म विरोधमा एउटा विज्ञप्ति जारी गरेको छैन ।
भारतको सहयोगमा पानी जहाज र रेल चलाउनु भन्दा आफ्नो भूमि रक्षा गर्नेतर्फ ओली सरकार नलाग्ने हो सरकारविरोध भावना बढ्न सक्ने देखिन्छ । यसतर्फ बेलैमा सरकार तथा सम्बन्धित् निकायको ध्यान जानु आवश्यक छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया