SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२० गते
    १५८६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । वास्तु शास्त्र एउटा पुरानो विज्ञान हो । घर, भवन आदि निमार्ण गर्दा वा घरमा के–कस्ता वस्तुहरु राख्ने ,नराख्ने भन्ने बारेमा वास्तुका केहि नियमहरु रहेका हुन्छन् । यदि वास्तुका उक्त नियमहरु पालना गर्नाले घरमा सुख,शान्ति, आर्थिक अवस्थामा राम्रो असर पर्ने मान्यता रहेको छ । यसका नियमको पालना गर्नाले घरमा सकारात्मक उर्जा पर्न गई नकारात्मक उर्जाको नाश हुने विश्वास रहेको छ ।

    वास्तुको नियम विपरित कार्य गर्दा घरका नकारात्मक उर्जाको आगमन हुने गर्दछ । जसले घरमा नकारात्मक उर्जा फैलाउँदछ र घरमा अशान्तिको बास हुने मान्यता वास्तुमा रहेको छ । वास्तु शास्त्रका अनुसार घरमा केही यस्ता वस्तुहरु छन् जसलाई घरमा राख्नाले कहिलै पनि धनको अभाव हुँदैन ।

    पञ्चमुखी हनुमानको तस्विर ।
    वास्तु शास्त्रका अनुसार घरको दक्षिण–पश्चिम दिशामा पञ्चमुखी हनुमानको तस्विर लगाउनाले घरमा कहिलै पनि पैसाको अभाव हुँदैन । यसका साथै हनुमानको यस्तो तस्विर घरमा राख्नाले घरमा सकारात्मक शक्तिको बास हुन्छ । जसले घरका परिवारमा शक्ति प्रदान गर्दछ ।

    माटोको घडा ।
    वास्तु अनुसार घरमा माटोको घडा राख्नु उत्तम मानिन्छ । यसले घरमा उत्पन्न गर्ने सकारात्मक उर्जाले कहिलै धनको अभाव हुन दिँदैन तर घडामा सँधै सफा पानी भरेर राख्नु पर्छ। किनभने खाली घडा घरमा राख्नु अशुभ मानिन्छ ।

    वास्तुको प्रतिमा
    वास्तु शास्त्रका अनुसार घरमा वास्तु दोष भएमा धनको अभाव हुने भनाइ रहेको छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु उचित मानिन्छ । यसो गर्दा घरमा धनको अभाव दुर हुने वास्तु विश्वास रहेको छ ।

    लक्ष्मी र कुवेरको प्रतिमा
    वास्तु शास्त्रका अनुसार घरको मुल ढोकामा लक्ष्मी ,कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।

    धातुले बनेको कछुवा
    वास्तु शास्त्रका अनुसार घरमा शुभ वा सकारात्मक उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु उचित मानिन्छ । जसले घरमा भएको आर्थिक अभाव शैकटलाई हटाउँछ र घरमा कहिलै आर्थिक अभाव हुँदैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं