SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/४ गते
    १०२३ &#२३४६;&#२३३५;&#२३२५;

    तुलसी राम सुवेदी, तनहुँ । आन्तरिक पर्यटन बर्ष २०१९ को प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकीले फोटोग्राफी क्षेत्रका चुनौती र समाधानका उपाय शिर्षकमा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । पहाडकी रानी भनेर चिनीने तनहुंको पर्यटकीय स्थल बन्दीपुरमा कार्यक्रम संचालन भएको थियो । कार्तीक १ र २ गते दुई दिन सम्म बन्दीपुरका बिभिन्न पर्यटकीय स्थानहरुको अवलोकन पश्चात बन्दिपुर सामुदायीक होमस्टेमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ब्यवसायिक एक्यबद्धता जनाउदै गण्डकी प्रदेश अन्र्तगत सात जिल्लाका फोटोग्राफरहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा स्थानिय तह देखि जिल्ला तथा प्रदेशमा देखिएका फोटोग्राफी क्षेत्रका समस्या र चुनौतीका बारेमा छलफल भएको थियो । फोटोग्राफी क्षेत्र एक प्राबिधिक क्षेत्र भएको हुंदा समाज रुपान्तरणमा यसको बिशेष महत्व रहदा रहदै पनि सरकारी क्षेत्रबाट सधै उपेक्षीत रहनु परेको कार्यक्रका बक्ताहरुले बताए । यस प्रकारको समुदायका हरेक कृयाकलापहरुमा सिधै सम्पर्कमा रहेको पेशालाई केहि ब्यक्तिहरुले अमार्यादित र अस्वस्थ प्रतिस्प्रधात्मक बनाउने प्रयत्न गरेकोमा सवैको दुखेसो रहेको थियो ।

    एउटा सरकारी निकायमा ब्यवसाय दर्ता गरेर बैधानिक तरिकाले ब्यवसाय गर्ने ब्यत्ति र एउटा क्यामेरा मात्र बोकेर फोटोग्राफी गर्ने ब्यक्तिलाई सरकारी निकायले एउटै नजरले हेर्ने प्रकृयालाई सवैले दुखको कुरा मानेका छन । नगरपालिका , महानगरपालिका लगायत स्थानिय तह देखि घरेलु तथा बाणिज्य हुदै आन्तरिक राजस्वकार्यलयमा ब्यवसाय दर्ता गर्ने ब्यवसायी र एउटा क्यामेरा बोकेर फोटोग्राफी गर्ने ब्यक्तिमा सरकारी निकाय गम्भीर अनुगमन नहुंदा ब्यवसायी मर्कामा परेको सवैको गुनासो रहेको थियो ।

    त्यस्तै गरि हरेक क्षेत्रमा टासिने फोटोका साईज आआफ्नै स्वैच्छिक तरिकाका हुनु र नेपाल सरकारले फोटोको स्टान्डर्ड साईज निक्यौल गर्न नसक्नु दुखको कुरा रहेको सवैले बताए । अहिले नेपाल सरकारले एम.आर.पि. भन्दा अन्य साईजमा कुनै ध्यान पुर्याउन सकिरहेको देखिदैन ।
    वडाकार्यालय देखि बिभिन्न सरकारी निकायहरुमा प्रयोग हुने फोटोको साईज र गुणस्तरका बारेमा साथै बिधालयहरुमा प्रयोग हुने फोटोहरुको कुनै निश्चित मापदण्ड नहुदा मनोपली बढीरहेको देखिन्छ । कार्यक्रममा बिभिन्न जिल्लाका सहभागी फोटोग्राफरहरु, दिपेन्द्र बस्याल, राजन अधिकारी , कुशल अधिकारी , बिजय शर्मा,,आलोक कुमाल शिवहरि अधिकारी , घनश्याम पौडेल,जिवन ढुंगाना लगातले फोटोग्राफी चुनौतीका बारेमा आआफ्नो जिज्ञासा साखेका थिए भने गण्डकी प्रदेश भित्रका फोटोगा्राफी ब्यवसायी संस्थाका जिल्ला अध्यक्षहरु, पोखरा फोटोग्राफर संघका अध्यक्ष रबिनाथ दहाल, पर्वत फोटाग्राफर संघका अध्यक्ष नारायण बहादुर के.सी , तनहु फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ , नवलपुर फोटोग्राफर संघका अध्यक्ष किशोर अधिकारी लगायतले जिल्लाका समस्याहरु र चुनौतीका बारेमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक अवस्थाको बारेमा संस्थाका कोषाध्यक्ष नबिनराज पौडेलले जानाकारी गराएका थिए ।

    सवै फोटोगाफरहरुको पहिचान र एकरुपताका लागि फोटोग्राफर संघ गण्डकीले टिर्सट निमार्ण गरेर गण्डकी प्रदेशका सवै जिल्लाका फोटोग्राफरहरुलाई टिर्सट बितरण समेत गरिएको थियो । सो टिर्सट गण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको फोटोग्राफी एकताको प्रतिक समेत भएकोे महासचिव तुलसी राम सुवेदीले बताए ।

    अन्र्तकृयामा उठेका सम्पुर्ण बिषयहरुलाई जिल्ला, प्रदेश हुदै केन्द्र सम्म कार्यान्वयनमा पहल गर्ने केन्द्रिय उपाध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए । फोटोग्राफर संघ गण्डकी का अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको फोटोग्राफर संघ गण्डकीका महासचिव तुलसी राम सुवेदीले संचालन गरेका थिए । कार्यक्रमको संयोजन तनहुं फोटोग्राफर संघले गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं