SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२४ गते
    ५१७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमै कार्यरत रोशनी शाहीले १२ असोजको राति तिनकुनेस्थित आफ्नै डेरामा आएर दुष्कर्म गरेको आरोप लगाइन् । एक अनलाइनमार्फत बाहिर आएको शाहीको अन्तर्वार्तामा महराले दुष्कर्म नै’ गरेको आरोप थियो ।

    धेरैलाई यो कुरा पत्याउन गाह्रो भएको थियो । मुलुकको पाचौं नम्बरको भीभीआईपीमाथि यस्तो आरोप लाग्दा सामान्यतः कसैले पनि पत्याउन सक्ने कुरा थिएन । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरालाई उनीमाथि लागेको अभियोगबारे सुरुमै सोधेका थिए । महराले आफू शाहीको डेरामा नगएको जवाफ ओली–प्रचण्डलाई दिए ।

    उनले सचिवालयले आरोप कपोलकल्पित र निराधार भन्दै महराको राजनीतिक उचाइबाट आत्तिएकाहरुले गलत प्रचार गरेको बतायो । तर, प्रचण्ड–ओली महराको भनाइबाट मात्र आश्वस्त हुन सकेनन् र प्रहरी अधिकारीहरुलाई बालुवाटार बोलाए । त्यस दिनको महराको लोकेशनबारे सोधे । प्रहरी अधिकारीले पनि महरा त्यसदिन राति तिनकुने क्षेत्रमा गएको बताए । त्यतिले मात्र नभई ओली–प्रचण्डले महरा निवास बालुवाटार र तिनकुने क्षेत्रको सिसिटिभी फुटेज मगाएर हेरे ।

    जसमा महरा त्यहाँ गएको देखियो । त्यसपछि ओली–प्रचण्डले सभामुखबाट हटाउने निर्णय गरिसकेका थिए । जब आफू गएको प्रमाण ओली–प्रचण्डले जुटाए, तब मात्र महराले आफू गएको र त्यसबारे झुठो बोलेर आफूले गल्ती गरेको स्वीकारे । महराले आफू गएको तर, शाहीले आरोपित गरेजस्तो दुष्कर्म नगरेको जवाफ दिएको भए ओली–प्रचण्डले सभामुखबाटै हटाउनसम्मको कदम चाल्ने थिएनन् ।

    ओलीनिकट स्रोतका अनुसार महराले आफू शाहीको डेरामा गएको, लामो पारिवारिक सम्बन्ध भएका कारण बेलाबेलामा जाने गरेको । त्यस दिन पनि गएको तर, विवाद भएपछि आफू हिंडेको बताएको भए उनको सभामुख पद जाने थिएन । पार्टी र सरकारले महराको ‘डिफेन्ड’ गथ्र्यो । ‘गएर पनि उहाँले गएको छैन भनेर ढाँट्नुभयो’, ओलीका एक सहयोगीले भने, ‘ढाँटेको भन्ने पुष्टि भएपछि दुवै अध्यक्ष उहाँसँग धेरै रिसाउनुभयो र यो घटनाक्रमले यो रुप लियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं