SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२९ गते
    २४१६ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना, हेमजा,।
    हेमजा सिचाई प्रणाली जल उपभोक्ता सघं पोखरा २५ हेमजाको २१ औ बार्षिक साधारण सभा तथा उपभोक्ता भेला शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सांसद रामजी बराल जिवनले सिचाइ प्रणलिमा गण्डकी प्रदेशका ध्यान गएको बताउदै यो गौरबको बिषय भएको बताए ।

    जलस्रोत तथा सिचाई डिभिजन कार्यलय गण्डकी प्रदेशका प्रमुख इ किरण आचार्यले कार्यक्रमको सफल्ताको शुभकामना दिदै नहर निर्माण तथा मर्मतको लागि आवस्क परेमा थप रकम उपलब्ध गराउन सहयोग गर्ने उल्लेख गरे । कार्यक्रममा सस्थापक अध्यक्ष धर्मराज बाँस्तोला, ने.क.पा हेमजाका अध्यक्ष मादबशरण पौडेल, नेपाली कांग्रेस हेमजा इकाइका सहसंयोजक दानबहादुर. थापा, सल्लाकार तथा निबर्तमान अध्यक्ष कृष्णबहादुर थापा लगाएतले शुभकामना दिदै नहर मर्मत अहिलेको आवस्क भएको र यसलाई अहिले नै नसोचे पछि ठुलो समस्या आउन सक्ने भन्दै सबै मिलेर यसको खतरा बाट बच्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा सचिब शान्ती थापाले सचिबको प्रतिबेदन र कोषाध्यक्ष झबिलाल सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले सर्भसमत पारित गर्यो । हेमजा सिचाई प्रणाली जल उपभोक्ता सघंका अध्यक्ष दुर्गाप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सहसचिब खिमबहादुर थापाले र सञ्चालन सल्लाकार तथा निर्बतमान सचिब घनश्याम तिम्सिनाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं