SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२६ गते
    १९७१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । डा. बाबुराम भट्टराईले नेतृत्व गरेकाे नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फाेरम नेपालकाे राष्ट्रिय स्तरमा एकता भएपछि जिल्ला तहमा पनि एकताकाे कामले तिब्रता लिएकाे छ ।

    जिल्ला तहमा एकता गर्ने क्रममा अाज पर्वतमा पनि एकताकाे घाेषणा भएकाे छ । कुश्मा बजारमा अायाेजना गरिएकाे पार्टी घाेषणा सभाले गाेपाल भण्डारीकाे अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेकाे हाे ।

    जसकाे उपाध्यक्षमा प्रेम बहादुर बि.क. प्रताप बा,  महिला उपाध्यक्षमा राम कुमारी तामाङ, सचिवमा कमल लामिछाने मुक्ति, सहसचिवमा साेमनाथ बि.क. काेषाध्यक्षमा डिल बहादुर नेपाली रहेका छन् ।

    साथै सदस्यहरुमा प्रदिप लामिछाने, कालिका केसि, निरु बिक, खुम बहादुर बिक, सागर सुवेदी, देबि कुमारी गाैतम, सुनिल पाैडेल, रन्जित बिक, भिक कला नेपाली, लक्ष्मी केसि लगायतलाई चयन गरेकाे हाे ।

    पार्टी घाेषणा कार्यक्रम सकिए लगत्तै बसेकाे पहिलाे बैठकले यस्ता निर्णयहरु गरेकाे छ । जसमा १५ दिने जनभेटघाट तथा सँगठन सढृण र बिस्तार अभियान चलाउने, गाउपालिका तथा नगर पालिकाहरु गठन गर्ने लगायतकाे निर्णय गरेकाे छ भने बैठकले नगर र गाउपालिका गठनकाे लागि माेदीमा देबि कुमारि क्षेत्री ईन्चार्ज, मनमाया सुनार सह ईन्चार्ज, कुश्मा नगरपालिकामा सुनिल पाैडेल ईन्चार्ज, साेमनाथ बिक सह ईन्चार्ज । जलजलामा कृष्ण गाैतम ईन्चार्ज, रबिना नेपाली सह ईन्चार्ज, फलेबास नगरपालिकामा नारायण पाैडेल ईन्चार्ज रहने निर्णय गरेकाे छ ।

    यसै गरि बिहादी गाउपालिकामा प्रवेश भट्टराई ईन्चार्ज, पैयु गाउपालिकामा कमल लामिछाने ईन्चार्ज, महासिला गाउँ पालिकामा प्रेम बहादुर बिकले समिति गठन गर्ने छन् ।

    कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश समितिका सहईन्चार्ज तथा प्रदेश साँसद हरिसरण अाचार्यले अवकाे नयाँ राजनैतिक शक्ति समाजवादी पार्टी नै भएकाे बताउदै कार्यकर्तालाई उत्साहकाे साथमा काममा लाग्न निर्देशन दिनुभयाे । साथै कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य महेन्द्रजँग लामिछाने, प्रदेश सदस्य सुनिल पाैडेल, देबिकुमारी लामिछाने लगायतले बाेलेका थिए भने जेष्ठ सदस्य प्रेम बहादुर बिककाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत कमल लामिछाने र सञ्चालन गाेपाल भण्डारीले गरेका थिए ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं