SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३१ गते
    १३४९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा सोही स्थानका २७ बर्षिय केशबहादुर क्षेत्री र ३० बर्षिय सुरेन्द्र बहादुर क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको हो भने स्थानीय युवा भरत क्षेत्री घाइते भएका छन् ।

    महाशिला गाउँपालिका ४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेण्ट लागेको हो । घटना स्थलमा लुंखु प्रहरी चौकीबाट प्रहरीको टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।

    महाशिला गाउँपालिकाका प्रबक्ता जीवन उच्चै ठकुरीले दिएको जानकारी अनुसार फलामे पोल गाड्ने क्रममा विद्युत प्रवाह भइरहेको लाइन पोलले छोएपछि उनीहरुलाई करेण्ट लागेको हो । सुरेन्द्र र केशबहादुर क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको छ भने घाइते भरत क्षेत्रीलाई उपचारका लागि लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

    पाखापानी सामुदायिक विद्युत उपभोक्ता समिति मार्फत युवाहरु पोल गाड्ने काममा सक्रिय भएका थिए । महाशिला गाउँपालिकाले पछिल्लो समयमा गाउँपालिकाका सवै काठका पोलहरु हटाएर फलामे पोल युक्त गाउँपालिका बनाउने अभियान सञ्चालन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं