News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    दुखद् खबर : पर्वतको पाखापानीमा करेण्ट लागेर दुईको मृत्यु १ घाइते

    पर्वत । पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा सोही स्थानका २७ बर्षिय केशबहादुर क्षेत्री र ३० बर्षिय सुरेन्द्र बहादुर क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको हो भने स्थानीय युवा भरत क्षेत्री घाइते भएका छन् ।

    महाशिला गाउँपालिका ४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेण्ट लागेको हो । घटना स्थलमा लुंखु प्रहरी चौकीबाट प्रहरीको टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।

    महाशिला गाउँपालिकाका प्रबक्ता जीवन उच्चै ठकुरीले दिएको जानकारी अनुसार फलामे पोल गाड्ने क्रममा विद्युत प्रवाह भइरहेको लाइन पोलले छोएपछि उनीहरुलाई करेण्ट लागेको हो । सुरेन्द्र र केशबहादुर क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको छ भने घाइते भरत क्षेत्रीलाई उपचारका लागि लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

    पाखापानी सामुदायिक विद्युत उपभोक्ता समिति मार्फत युवाहरु पोल गाड्ने काममा सक्रिय भएका थिए । महाशिला गाउँपालिकाले पछिल्लो समयमा गाउँपालिकाका सवै काठका पोलहरु हटाएर फलामे पोल युक्त गाउँपालिका बनाउने अभियान सञ्चालन गरेको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया