SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२७ गते
    १०९० &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी ।आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई ४-० गोलअन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको हो । चेल्सी भने आफ्नो पहिलो खेलमै लज्जास्पद हारको सिकार बन्यो म्यान्चेस्टर युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दुई गोल गर्दा एन्थोनी मार्सियल र ड्यानियल जेम्सले समान १-१ गोल गरे ।खेलको १८औं मिनेटमा नै राष्फोर्डले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उनकै गोलले म्यान्चेस्टर युनाइटेडले अग्रता लिएको थियो ।

    खेलको ६५औं मिनेटमा एन्थोनीले गोल गरेपछि चेल्सीविरुद्ध युनाइटेड दोब्बर अग्रताले अघि रहेको थियो । त्यसको दुई मिनेटपछि नै अर्थात ६७औं मिनेटमा राष्फोर्डले अर्को गोल थप्दै युनाइटेडलाई ३-० गोलको अग्रता दिलाए ।८१औं मिनेटमा जेम्सले गोल गरेपछि युनाइटेडले चेल्सीलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । त्यस्तै अर्को खेलमा पियर इमरिक अबामियाङको गोलसँगै आर्सनलले इंग्लिस पि्रमियर लिगमा विजयी सुरुवात गरेको छ । आर्सनलले न्यूक्यासललाई १-० गोल अन्तरले हराएको हो । सेन्ट जेम्स पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर ५८ औं मिनेटमा आर्सनलका लागि अबामियाङले गोल गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं