SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२५ गते
    १३०९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    लायन्स क्लव अफ कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ । लायन्स क्लव अफ पोखरा ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले एक समारोहका विच उक्त तालिमको उद्घाटन गरे । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले महिलाहरुको स्वरोजगारका लागि पनि तालिम महत्वपूर्ण हुने औल्याए ।

    कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यले तालिमका लागि मात्रै तालिन नलिन आग्रह गर्दै यसलाई व्यवहारमा लागू गर्न सक्ने गरि सिक्न आग्रह गरे । आयोजक क्लवका अध्यक्ष तुलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम सचिव केशब दवाडीले सञ्चालन गरेका थिए ।

    झण्डै २ लाख खर्च लागत अनुमान रहेको तालिम कालिका बहुउद्येश्यि भवनमा सञ्चालन गरिएको छ । तालिममा स्थानिय ५० महिलाको सहभागिता रहेको कार्यक्रम संयोजक विजयराज वाग्लेले जानकारी दिएका छन् ।

    यसैविच सोही क्लव तथा मदर क्लव न्यूरोड चौतारीको संयुक्त आयोजनामा बाटुलेचौरमा बृक्षारोपण कार्यक्रम पनि सम्पन्न भएको छ । चण्डिकाटोल, क्रियापुत्री भवन वरपर धुपी, समी, आँप, अशोक, पारिजान लगायतका ४० बृक्षा रोपिएको कार्यक्रम संयोजक समेत रहेका क्लवका सदस्य कृष्ण पौडेलले जानकारी दिए । लायन्स क्लव क्लष्टर १७ का प्रमुख बसन्त गिरीले बृक्षारोपण गर्दै सो कार्यक्रमको उद्घाटन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं