
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
सचिन्द्र श्रेष्ठ। हाम्रो नेपालमा सन् १९६० पश्चात्को हिप्पी संस्कारपछि लागु पदार्थ कारोबार वा सेवन ह्वात्तै बढ्दै गएको पाइन्छ,सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा गर्ने होस् या युबाहरु ड्रग्स लिने ,आनन्द मान्ने संस्कार बृद्धि हुनुले भबिष्य हाँकने युबाहरु झन झन नशामा लिप्त भई रहदा बर्षनि हुने दिबस नारा र भाषणमै सिमित पर्नुले कता कता गिजाईरहेको अनुभूति हुन्छ।
जति मानिस जान्ने बुझ्ने हुन्छ त्यतिनै उसका धेरै आवश्यकता एवं नयाँ नयाँ वस्तु जान्ने इच्छा एवं आकांक्षा हुन्छ ।आमाको कोखबाट नव शिशु भई यो संसारमा टेक्छ अनि बालकको शारीरिक,मानसिक विकास क्रम सँगै बाल्यकाल बाट युवा अवस्थामा आएको हुन्छ त्यसबखत नयाँ नयाँ वस्तुको प्रयोग,उपयोग गर्न खोज्छ,बुझ्छ र गर्दछ।त्यसबेला उ यस्तो वस्तुमा फँस्छ जहाँ उ सहज उम्कन सक्दैन् जसले नशा र
आनन्दमा रमाउन लागुपदार्थजन्य वस्तुको प्रयोग गर्दछ ।जब यसको प्रयोग गर्दछ उ त्यसबाट उम्कन सक्दैन् ।उसलाई लतनै बसेका कारण छोड्न गाह्रो हुने गर्दछ ।जसका कारण मृत्युको मुखमा समेत पुग्दछ जून हामीले देखिरहेका,भोगीरहेका पनि छौ। विशेषगरी कलेज स्तरका विद्यार्थीहरु साथी सँगतको लहै लहैमा पार्टी, डिस्को भनी वियर,रक्सी तथा अन्य प्रकारका लागुपदार्थको सेवन गर्न थाल्छ । फिल्म तथा टि.भीमा देखाइएको बिज्ञापन हेरेर महँगा महँगा वस्तुहरुको प्रयोग युवा अवस्थामा गर्ने गर्दछ।
गाँजा,चरेस,फोट्विन,प्रोक्सिवन, नाइट्रोसन,टिडी जेसिक,डाइजिपाम,नाइट्रोभ्याट, प्रोक्सीभोन,मर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन ,नो–कफ आदि जस्ता नशालु औषधी एवं लागुपदार्थ सेवन गरिरहेका हुन्छन् । यो खालको प्रयोग ग्रामिण क्षेत्रको तुलनामा भन्दा शहरी क्षेत्रमा बढी भएको पाइन्छ ।यसको अत्याधिक प्रयोगले एच.आई.भी.एड्स जस्ता खतरनाक रोगहरु पनि लाग्ने गर्दछ ।केहि क्षणको आनन्दका लागी युवाहरुले आफनो उज्वल भविष्य माथीनै खेलवाड गरिरहेका हुन्छन् अन्ततःमृत्युलाई अँगाल्छ । यो प्रयोग गर्नका लागी पैसा चाहिने वा खाँचो पर्ने हुदाँ यसको ओसार पसार ठुला शहरी क्षेत्रमा बढी भएको पाइन्छ ।यसलाई तुरुन्त निराकरण गर्न अति आवश्यक छ ।अझ भन्नु पर्दा सबैभन्दा बढी त गाँजा,चरेस,हेरोइन,अफिम,ब्राउन सुगर , मर्फिन, कोकिन जस्ता लागुपदार्थ नेपालको सिमाना क्षेत्रमा ओसारपसार भएको पाइन्छ र त नेपाल ट्रान्जिट पोइन्ट नै बनेको भान हुन्छ।
नेपालमा लागुपदार्थ दुव्र्यसनीहरु डेढ़ लाख भन्दा बढी रहेको पाइन्छ अझ यो झन झन बढ्दो क्रममा छ ।लागूऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत अनुमान आकलन गरिएको छ ।लागुपदार्थ दुव्र्यसनी सम्बन्धी नाटक,-याली गरेपनि यसको प्रयोग गर्ने भने दिन दिनै बढ्ने क्रममा छन् । कलेजस्तरका युवायुवतिहरु पढ्दै गर्दा यस्ता लतमा लागेका कारण बिचमानै पढाईलाई ब्रेकअप गरिरहेका छन् ।एकछिनको मज्जा र रमझममा आफनो पढाईलाई जोखिममा मोलिरहेका छन्।
हतार हतारमा नशालु पदार्थ टि.टि.जस्ता कार्य गर्दा एकले अर्काको प्रयोग गर्ने,साटासाट गर्दा त्यहि सुई प्रयोग गरेका कारण एक व्यक्तिको रोग अर्को व्यक्तिमा सहज सर्ने गदर्छ र विभिन्न खालका रोगहरु प्नि लाग्ने गदर्छ ।शरीरमा आलस्यता,बोलिमा अस्पस्टता,आँखा रातो हुने,बिरामी हने लक्षणहरु पनि देखिने गदर्छ ।
लागुपदार्थ दुव्र्यसनका विभिन्न कारकतत्वहरु छन्–व्यक्तिगत र अन्तरवैयक्तिक कारकहरु –(Personal and interpersonal Factors),साथी समुहका कारकहरु–?–(Peer group Factors),परिवारजन्य कारकहरु– (Family Factors),बिधालयजन्य कारकहरु– (School Factors),समुदायजन्य कारकहरु– (Community Factors)यस्तो खालको कारकतत्वले मुख्य प्रभाव पारेको हन्छ लागुपदार्थ सेवन गर्नेमा जोड दिनका लागी।
युवाहरु एकले अर्कालाई कस्तो छ भनि अनुभवका लागी पनि यस्ता लागुपदार्थको प्रयोग गरेका हुन्छन्।किशोर किशोरीहरु भन्दछन्–‘जन्मे पछि हामीले सम्पूर्ण वस्तुको अनुभव गर्नु पदर्छ’भनि यो लतमा फँस्दछन् यसमा अझ धनाढ्य परिवारका छोराछोरीहरु बढी फसेको पाइन्छ ।आफना बाबु आमाले हरेक इच्छा पुरा गरिदिदा यो लतमा फँस्दछन् । यो लतमा परेका व्यक्तिहरु हरबखत यसको नशा चाहिने हुदाँ पैसा नभएको बेला घरका सामान चोरी गर्ने,बेचेर वा डकैती गरेर पनि आफनो नशा पुरा गर्न लागी परेका हुन्छन् ।
यस्ता किसिमका क्रियाकलापले सामाजिक विकृति पनि बढ्दै जाने हुन्छ ।बलात्कार,हिंसा,चोरी,डकैती जस्ता अनैतिक क्रियाकलाप बढि हुने हुन्छ ।घरपरिवारमा झगडा हुने हुदाँ मानसिक असन्तुलनका कारण लतलाई हटाउन नसकेकाले आत्महत्या जस्तो काम पनि गर्दछ ।‘असम्भव भन्ने शब्दनै हुँदैन्’भनेर नेपोलियनले त्यसै भनेका छैनन् ।आफुले हिम्मत राखे लागुपदार्थलाई छोड्न सकिन्छ र आफनो सुन्दर भविष्य बनाउन सकिन्छ ।हाल लागुपदार्थ छोड्नका लागी भनेर पूर्नस्थापना केन्द्र पनि स्थापना भइराखेको छ जसले गर्दा लागुपदार्थमा लागेका व्यक्तिलाई स्याहार,सुसार एवं परामर्श गरी उक्त लतबाट हटाउन प्रेरित गर्न यो खालका सघं संस्था खोलिएका पनि छन् ।
लागुपदार्थको प्रयोग समाजका समस्या हुन् जसलाई बिधालय,कलेजका युवायूवतिहरुलाई परामर्श दिई तालिम,गोष्ठी गरी सहि बाटोमा लाग्न प्रेरित गर्नु पर्दछ।बालबालिकाहरु,युबाहरुलाई दुब्र्यसनीमा लाग्नु भन्दा अगाडि नै सावधानी अपनाउनु अति उत्तम हुन्छ । साथै सरकारले पनि नशालु पदार्थको ओसारपसार,बिक्री बितरणमा रोक लगाउनु पर्दछ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया