SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/१४ गते
    १२०७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत कुश्मा। पर्वत जिल्लाको सदरमुकाम पर्यटकीय नगरी कुश्मा बजारमा क्यान महासंघ गण्डकीले बार्षिक साधारण सभा आयोजना गरेको थियो । गण्डकी प्रदेश भित्रका क्यानका जिल्ला समितिका अध्यक्ष एंव जिल्लाबाट महाधिबेशनमा छनौट भएका ( ११ वटा जिल्लाका १५ जना मध्येका) प्रतिनिधी सहभागी हुने उक्त कार्यक्रमका अध्यक्ष क्यान महासंघ गण्डकीका अध्यक्ष केशवराज भट्टराईले गर्नु भएको थियो भने प्रमुख अतिथी क्यान महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कुशल रेग्मीले गर्नु भएको थियो । बिशिष्ठ अतिथीमा क्यान महासंघ नेपालका केन्द्रीय सदस्य द्वय चिन्तामणी बास्तोला र तुलसीराम पाण्डेले गर्नु भएको थियो ।

    अतिथीमा क्यान महासंघ नेपालका निबर्तमान केन्द्रीय सदस्य कुमारप्रसाद पौडेल, क्यान गण्डकीका पूर्व सह-सचिब राजेन्द्र शर्मा र क्यान गण्डकीका पूर्व सदस्य गंगाराम पौडेलले गर्नु भएको थियो । कार्यक्रममा स्वागत क्यान पर्वतका उपाध्यक्ष बिष्णुप्रसाद सुवेदीले गर्नु भएको थियो । ब्यानर पढेर उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एंव क्यान महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष कुशल रेग्मीले गर्नु भएको थियो । बिषय बस्तु माथी प्रकाश क्यान गण्डकीका उपाध्यक्ष प्रेमध्वज थापाले पार्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य द्वय तुलसीराम पाण्डे, चिन्तामणी बास्तोला र निवर्तमान केन्द्रीय सदस्य कुमार प्रसाद पौडेलले शुभकामना मनतब्य राख्नु भएको थियो ।

    जिल्लाहरुको तर्फबाट क्यान मुस्ताङका अध्यक्ष नारायण प्रसाद पौडेलले मनतब्य राख्नु भएको थियो । साधारण सभामा सचिबको प्रतिबेदन क्यान गण्डकीको सचिब खडकबहादुर गुरुङले र कोषाध्यक्षको प्रतिबेदन क्यान गण्डकीको कोषाध्यक्ष बामदेब रिजालले प्रस्तुत गर्नुभएको थियो । आगमी कार्यकालको लागी कार्यक्रम तर्जुमा क्यान गण्डकीका अध्यक्ष केशवराज भट्टाराईले प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिबेदनहरु माथी छलफल गरी सर्बसम्मतरुपमा प्रतिबेदन पास गरिएको थियो ।

    बिधन पुर्नलेखनको बिषयमा बुढागत छलफलको बिषय बस्तुहरु क्यान महासंघका केन्द्रिय सदस्य चिन्तामणी बास्तोलाले प्रस्तुत गर्नु भएको थियो । राय तथा सुझाबहरु जिल्लामा छलफल गरी पठाउन समेत आग्रह गर्नु भएको थियो । प्रमुख अतिथी एंव क्यान महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष कुशल रेग्मीले क्यान महासंघको बिधान पुर्नलेखन हुनलागेको हुँदा जिल्ला जिल्लाबाट सुझाब संकलन गरी प्रदेश मार्फत सबै प्रदेशहरुको सकारात्मक साझा एंव उत्कृष्ट बुदाहरुलाई बिधान पुर्नलेखन समितिलाई राय सुझाब पेश गर्न आग्रह गर्नुभयो ।

    बिधान महाधिबेशन गण्डकी प्रदेशको पोखरामा हुन लागेको हुँदा अब धेरै समय नभएकोले तयारीको रफ्तार अझै बढाउन र महाधिवेशनलाई भब्य र सब्य बनाउन तिल लाग्न भन्नु भयो । कार्यक्रममा पाल्नु भएका महाधिबेशन प्रतिनिधी एंव जिल्लाका अध्यक्ष तथा उपस्थित सबैलाई क्यान पर्वतका पूर्व उपाध्यक्ष एंव क्यान गण्डकीका लेखा संयोजक गोपीनाथ तिमिल्सिनाले खादा लगाई स्वागत तथा सम्मान गर्नु भएको थियो भने कार्यक्रम क्यान गण्डकीका सचिब खडकबहादुर गुरुङ (मदन) ले संचालन गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    विन्ध्येश्वरी आदर्शमा निर्वाचन मार्फत विद्यार्थी प्रमुख तथा उपप्रमुख चयन

    शिशिर,पोखरा । पोखराको मोहोरीया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा निर्वाचन प्रक्रिया मार्फत विद्यार्थी प्रमुख...

    प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

    पोखरा।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौं वार्षिक प्रतिवेदन पेश गरेको छ।...

    कुश्मा नगरपालिकाले ४० जना युवा युवतीलाई सिप सिकाउँदै

    पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुलाई सिपमूलक तालिम संचालन गरेको छ ।बैदेशिक रोजगार बोर्डको...

    धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

    पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल...

    रिलिजपछि ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा

    काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं