
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । काठमाडौं महानगरपालिकाले १ साउनमा सूचना निकालेर ३५ दिनपछि सुरु गरेको महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियान जारी छ । बानेश्वरको वेसमेन्ट खाली गरेर सुरु भएको यो अभियान फुटपाथ र पार्किङ व्यवस्थापनदेखि मापदण्ड विपरीतका बोर्डहरू हटाउनेसम्म पुगेको छ । यसक्रममा महानगरले सहरको मध्य भाग इन्द्रचोक क्षेत्रको अव्यवस्थित पार्किङ र पसलहरू हटाइरहेको छ । मंगलबार इन्द्रचोकदेखि असनसम्मका गल्लीका पसलले बिक्रीका लागि जथाभावी राखेका सामान महानगर प्रहरीले हटायो । मानिस हिंड्ने ठाउँमा फिंजाइएका भाँडाकुँडा, खेलौना, फेन्सी आदि पसलका सामान हटाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । महानगर प्रहरीले असन चोकको दुई ट्रान्सफर्मरबीच रहेको टहरा पनि हटाएको छ । पूजा सामग्रीको पसल राखिएको उक्त टहरा हटाउँदा केही स्थानीयले विरोध गरेका थिए ।
सधैं अस्तव्यस्त इन्द्रचोक–असन क्षेत्र
इन्द्रचोक क्षेत्रको सम्पदा संरक्षणमा सक्रिय केयुरमान सिंह महानगरले थालेको यो अभियानका प्रशंसक हुन् । ‘देशकै महत्वपूर्ण सांस्कृतिक स्थल इन्द्रचोक–असन क्षेत्र व्यवस्थित गर्ने काम आफैंमा राम्रो हो’ उनी भन्छन्, ‘सडकको आधा हिस्सा ढाकेर राखिएका पसलका सामान हटाएर हजारौं मानिसलाई हिंड्न सहज बनाउनै पर्ने थियो । यसमा सबै स्थानीयको साथ–सहयोग रहन्छ ।’ सिंहका अनुसार, नुनदेखि सुनसम्म पाइने काठमाडौंको प्राचीन बजार हो, असन । यस्तो ठाउँको व्यवस्थापनमा महानगरपालिकाले जाँगर चलाउँदा आशा पलाएको उनले बताए ।
असन बजार ।
यसअघि विभिन्न समयमा चलाइएको ‘नो भेहिकल जोन’, ‘वान वे’, ‘हाम्रो असन, राम्रो असन’ अभियानहरू सफल हुन नसकेको सिंहले बताए । २०७२ को भूकम्पपछि गरिएको सवारी साधन प्रवेश निषेध । फाइल तस्वीर महानगरका मेयर बालेन्द्र साह (बालेन)का सचिवालयका अनुसार संरचना र स्थान जुन प्रयोजनको लागि बनाइएको हो सोही प्रयोजनमा प्रयोग गराउन महानगर लागिपरेको बताएको छ । असन–इन्द्रचोक क्षेत्रलाई व्यवस्थित बनाउने प्रयासको थालनी राणा प्रधानमन्त्री जुद्धशमशेरकै पालामा भएको थियो । असनका नामी समाजसेवी स्व. तीर्थनारायण मानन्धरको संस्मरणात्मक पुस्तक ‘काठमाडौंः उहिले र अहिले’ मा उल्लेख भए अनुसार जुद्धशमशेरले असनका खुद्रा पसलहरू भोटाहिटी सारेका थिए । तर, भोटाहिटीको बजार नचलेर ८–१० वर्षपछि बन्द भयो । मानिसको भीड असन–इन्द्रचोकतिरै भइरहेपछि मुख्य बजार त्यही कायम भयो । अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह त्यो क्षेत्रको व्यवस्थापन गर्न लागिपरेका छन्, जसमा श्री ३ जुद्धशमशेर असफल भएका थिए ।
रित्तोहात नफर्काउने ‘अन सन’
काठमाडौं महानगरपालिका–२७ का वडाध्यक्ष रहिसकेका ७० वर्षीय चिनियामान बज्राचार्य असन मध्यकालदेखि नै कसैलाई रित्तोहात नफर्काउने केन्द्रीय बजारको रूपमा रहिआएको बताउँछन् । उनका अनुसार, प्राचीनकालमा अन्नपूर्ण मन्दिर अगाडिको अशोक मण्डलमा बसिरहेका स्थानीयलाई एक बटुवाले सो ठाउँको नाम सोधेछन् । उपत्यका बाहिरबाट आएका ती बटुवाको प्रश्न नबुझेका स्थानीय ‘अन सन’ (आऊ यतै बस) भन्दै आफू अलि सरेछन् । ‘यही ‘अन सन’ बाट अपभ्रंश हुँदै असन बनेको किंवदन्ती छ’ बज्राचार्य भन्छन्, ‘यही असनमा आज एकछिन बसेर सुस्ताउने ठाउँसम्म छैन ।’ अशोक डबलीमा साना व्यापारीले कब्जा जमाएको, आकाशबाट खसेको जनविश्वास रहेको न्यालोंह (ढुंगाको माछा)लाई साँघुरो ठाउँमा थुनिएको उनले बताए । ‘असनबारे अर्काे पनि किंवदन्ती छ’, ब्रजाचार्य भन्छन् । त्यसअनुसार, बाँसको नोलमा धान बोकेर असन आएका थिमिका एक व्यापारीले थकाइ मार्न अन्नपूर्ण मन्दिर छेउमा बिसाए । केही बेरपछि हिंड्नलाई भारी बोक्न खोज्दा उचाल्नै सकेनन् । ‘अनि उनी परिवारलाई बोलाउन गए । घरकाहरूले धान कहाँ छाडेको भनेर सोध्दा ‘अनसं’ भने’ बज्राचार्य भन्छन्, ‘त्यसैबाट अपभ्रंश भएर असन बनेको भन्ने पनि छ ।’
लिच्छविकालदेखिको व्यापारिक केन्द्र
चिनियामान बज्राचार्यका अनुसार, मध्यकालमा असनलाई नै केन्द्रमा राखेर ज्योतिषीय गणना गरिन्थ्यो । राजा मानदेवले यहाँ शिलापत्रसहित धारा बनाएका थिए । त्यो बेला नै व्यापारिक गतिविधि हुने ठाउँको रूपमा विकसित असन १९औं शताब्दीसम्म पनि काठमाडौंबाट हुने भारत–चीन व्यापारको ट्रान्जिट रहेको विभिन्न साहित्यिक स्रोतबाट पुष्टि हुने बज्राचार्य बताउँछन् । ‘तिब्बतीहरू चाँदी, सुन, ऊन, नुन, कस्तूरीको बिना, पस्मिना, कागज आदि लिएर असन आउँथे’ उनी भन्छन्, ‘सूती कपडा, मरमसला, सुपारी, नरिवल इत्यादि लिएर भारतीय व्यापारी यहीं आउँथे । नेपालीले खाद्यान्न बेच्ने मुख्य बजार असन नै थियो ।’


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया