
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । काठमाडौं महानगरपालिकाले १ साउनमा सूचना निकालेर ३५ दिनपछि सुरु गरेको महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियान जारी छ । बानेश्वरको वेसमेन्ट खाली गरेर सुरु भएको यो अभियान फुटपाथ र पार्किङ व्यवस्थापनदेखि मापदण्ड विपरीतका बोर्डहरू हटाउनेसम्म पुगेको छ । यसक्रममा महानगरले सहरको मध्य भाग इन्द्रचोक क्षेत्रको अव्यवस्थित पार्किङ र पसलहरू हटाइरहेको छ । मंगलबार इन्द्रचोकदेखि असनसम्मका गल्लीका पसलले बिक्रीका लागि जथाभावी राखेका सामान महानगर प्रहरीले हटायो । मानिस हिंड्ने ठाउँमा फिंजाइएका भाँडाकुँडा, खेलौना, फेन्सी आदि पसलका सामान हटाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । महानगर प्रहरीले असन चोकको दुई ट्रान्सफर्मरबीच रहेको टहरा पनि हटाएको छ । पूजा सामग्रीको पसल राखिएको उक्त टहरा हटाउँदा केही स्थानीयले विरोध गरेका थिए ।
सधैं अस्तव्यस्त इन्द्रचोक–असन क्षेत्र
इन्द्रचोक क्षेत्रको सम्पदा संरक्षणमा सक्रिय केयुरमान सिंह महानगरले थालेको यो अभियानका प्रशंसक हुन् । ‘देशकै महत्वपूर्ण सांस्कृतिक स्थल इन्द्रचोक–असन क्षेत्र व्यवस्थित गर्ने काम आफैंमा राम्रो हो’ उनी भन्छन्, ‘सडकको आधा हिस्सा ढाकेर राखिएका पसलका सामान हटाएर हजारौं मानिसलाई हिंड्न सहज बनाउनै पर्ने थियो । यसमा सबै स्थानीयको साथ–सहयोग रहन्छ ।’ सिंहका अनुसार, नुनदेखि सुनसम्म पाइने काठमाडौंको प्राचीन बजार हो, असन । यस्तो ठाउँको व्यवस्थापनमा महानगरपालिकाले जाँगर चलाउँदा आशा पलाएको उनले बताए ।
असन बजार ।
यसअघि विभिन्न समयमा चलाइएको ‘नो भेहिकल जोन’, ‘वान वे’, ‘हाम्रो असन, राम्रो असन’ अभियानहरू सफल हुन नसकेको सिंहले बताए । २०७२ को भूकम्पपछि गरिएको सवारी साधन प्रवेश निषेध । फाइल तस्वीर महानगरका मेयर बालेन्द्र साह (बालेन)का सचिवालयका अनुसार संरचना र स्थान जुन प्रयोजनको लागि बनाइएको हो सोही प्रयोजनमा प्रयोग गराउन महानगर लागिपरेको बताएको छ । असन–इन्द्रचोक क्षेत्रलाई व्यवस्थित बनाउने प्रयासको थालनी राणा प्रधानमन्त्री जुद्धशमशेरकै पालामा भएको थियो । असनका नामी समाजसेवी स्व. तीर्थनारायण मानन्धरको संस्मरणात्मक पुस्तक ‘काठमाडौंः उहिले र अहिले’ मा उल्लेख भए अनुसार जुद्धशमशेरले असनका खुद्रा पसलहरू भोटाहिटी सारेका थिए । तर, भोटाहिटीको बजार नचलेर ८–१० वर्षपछि बन्द भयो । मानिसको भीड असन–इन्द्रचोकतिरै भइरहेपछि मुख्य बजार त्यही कायम भयो । अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह त्यो क्षेत्रको व्यवस्थापन गर्न लागिपरेका छन्, जसमा श्री ३ जुद्धशमशेर असफल भएका थिए ।
रित्तोहात नफर्काउने ‘अन सन’
काठमाडौं महानगरपालिका–२७ का वडाध्यक्ष रहिसकेका ७० वर्षीय चिनियामान बज्राचार्य असन मध्यकालदेखि नै कसैलाई रित्तोहात नफर्काउने केन्द्रीय बजारको रूपमा रहिआएको बताउँछन् । उनका अनुसार, प्राचीनकालमा अन्नपूर्ण मन्दिर अगाडिको अशोक मण्डलमा बसिरहेका स्थानीयलाई एक बटुवाले सो ठाउँको नाम सोधेछन् । उपत्यका बाहिरबाट आएका ती बटुवाको प्रश्न नबुझेका स्थानीय ‘अन सन’ (आऊ यतै बस) भन्दै आफू अलि सरेछन् । ‘यही ‘अन सन’ बाट अपभ्रंश हुँदै असन बनेको किंवदन्ती छ’ बज्राचार्य भन्छन्, ‘यही असनमा आज एकछिन बसेर सुस्ताउने ठाउँसम्म छैन ।’ अशोक डबलीमा साना व्यापारीले कब्जा जमाएको, आकाशबाट खसेको जनविश्वास रहेको न्यालोंह (ढुंगाको माछा)लाई साँघुरो ठाउँमा थुनिएको उनले बताए । ‘असनबारे अर्काे पनि किंवदन्ती छ’, ब्रजाचार्य भन्छन् । त्यसअनुसार, बाँसको नोलमा धान बोकेर असन आएका थिमिका एक व्यापारीले थकाइ मार्न अन्नपूर्ण मन्दिर छेउमा बिसाए । केही बेरपछि हिंड्नलाई भारी बोक्न खोज्दा उचाल्नै सकेनन् । ‘अनि उनी परिवारलाई बोलाउन गए । घरकाहरूले धान कहाँ छाडेको भनेर सोध्दा ‘अनसं’ भने’ बज्राचार्य भन्छन्, ‘त्यसैबाट अपभ्रंश भएर असन बनेको भन्ने पनि छ ।’
लिच्छविकालदेखिको व्यापारिक केन्द्र
चिनियामान बज्राचार्यका अनुसार, मध्यकालमा असनलाई नै केन्द्रमा राखेर ज्योतिषीय गणना गरिन्थ्यो । राजा मानदेवले यहाँ शिलापत्रसहित धारा बनाएका थिए । त्यो बेला नै व्यापारिक गतिविधि हुने ठाउँको रूपमा विकसित असन १९औं शताब्दीसम्म पनि काठमाडौंबाट हुने भारत–चीन व्यापारको ट्रान्जिट रहेको विभिन्न साहित्यिक स्रोतबाट पुष्टि हुने बज्राचार्य बताउँछन् । ‘तिब्बतीहरू चाँदी, सुन, ऊन, नुन, कस्तूरीको बिना, पस्मिना, कागज आदि लिएर असन आउँथे’ उनी भन्छन्, ‘सूती कपडा, मरमसला, सुपारी, नरिवल इत्यादि लिएर भारतीय व्यापारी यहीं आउँथे । नेपालीले खाद्यान्न बेच्ने मुख्य बजार असन नै थियो ।’


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया