News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News पत्रपत्रिका पत्रपत्रिका बिशेष मुख्य समाचार राष्ट्रिय समाचार

    पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

    गोबिन्द रिजाल । पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको साधारण सभा तथा चौथो अधिबेशन हिजो शनिबार पर्बत उधोग बाणिज्य संघको सभाहलमा सम्पन्न भयो । पर्बत उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर बि.पौडेलको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रमको सभापतित्व संघका अध्यक्ष नारायण गिरीले गर्नुभएको थियो। साथै बिसिस्ट अथिति पर्बत उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कमल जिसीको पनि उपस्थित रहेको थियो । प्रमुख अथिति  पर्बत उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर बि.पौडेलले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भयो। कार्यक्रममा पूर्व उपाध्यक्ष गोबिन्द रिजालले स्वागत मन्तब्य राख्नु भएको थियो भने निबर्तमान अध्यक्ष डम्बर गिरीले संघको स्थापनाकालदेखि हालसम्म संघलाई यहाँ सम्म ल्याउन आफ्नो भूमिकादेखि संघलाई यहाँ सम्म ल्याउन संघका सम्पूर्ण साथीहरुको ठुलो योगदान रहेको भन्दै शुभकामना मन्तब्य राख्नु भएको थियो ।

    शनिवार सम्पन्न भएको अधिवेशन बाट अध्यक्षमा प्रकाश गिरी सर्वसम्मत चयन हुनु भएको छ । त्यसैगरि उपाध्यक्षमा अमित घिमिरे, सचिबमा बिष्णु जोशी, कोषाध्यक्षमा देबी गिरी, सह-सचिबमा सुरेश आचार्य निर्वाचित भएका छन भने, सदस्य हरुमा टंक चापागाईं, प्रतीक्षा भुसाल गौडेल, सुन्दर प्रधान, गोबिन्द पौडेल, दिपेश अधिकारी, बिबेक श्रेष्ठ चयन हुनुभएको छ । कार्यक्रममा नया सदस्यहरुलाई स्वागत तथा आजिबन सदस्यहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।

    कार्यक्रम सञ्चालन सचिव प्रकाश गिरीले गरेका गर्नु भएको थियो । अधिवेशनमा संघको आगामी कार्यदिशा, व्यवसायीहरूको हित तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको कुरा प्रकाश गिरीले  हाम्रो सूचनाकेन्द्र डटकम लाई बताउनु भयो। कार्यक्रमको समापन गर्दै निवर्तमान अध्यक्ष नारायण गिरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । साथै अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण व्यवसायी, अतिथि, शुभेच्छुक तथा सहयोगीहरूप्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ