SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२१ गते
    ७९२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ । प्रदेशसभा सदस्य विमलाले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पुर्‍याएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताएकी थिइन् । साउन १५ देखि आफूलाई मुख्यमन्त्रीकै निवासमा राखेको र २० गते शौचालयको चप्पल लगाएर भागेको उनको दाबी छ । प्रमुख सचेतक ढकालले विमलालाई मुख्यमन्त्रीको निवास पुर्‍याएको स्वीकार गरेका छन्, तर जबर्जस्ती नभई उनकै इच्छाअनुसार भएको बताए ।

    ढकालले अनलाइनखबरसँग भने, ‘उहाँले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै नयाँ कपडा लगाएर, झोला भिरेर, घरबाट हामीसँग हिंड्नु भएको थियो । जबरजस्ती गरिएको होइन ।’ दाङबाट बुटवलस्थित मुख्यमन्त्रीको निवासमा ल्याउने बेला विमलासँगै उनकी दिदी र भिनाजुको भाइ पनि सँगै गाडीमा रहेको ढकालले बताए ।

    विमलाको भनाइबारे ढकालको प्रतिक्रिया यस्तो छ–

    विमला जीलाई दाङका पार्टीका साथीहरुले लोकल्ली हाम्रो पार्टीमा आउनुस् भन्नु भएको थियो । त्यसो भए भूमिश्वरजीलाई बोलाइदिनुस् भन्नुभएछ । मलाई बोलाएपछि म उहाँको घरमा गएँ । घरमा उहाँसँग, उहाँको आमासँग कुरा गरियो । त्यसपछि उहाँले त्यसो भए मुख्यमन्त्रीलाई भेटेर कुरा गर्छु भन्नुभयो । अनि हामी बुटवल जान भनेर हिंड्यौं । बुटवल आउने बेला हाम्रो गाडीमा उहाँमात्रै हुनुहुन्थेन । उहाँको आमा र भिनाजुको भाइ पनि सँगै हुनुहुन्थ्यो । इमिलिया पुगेर खाना खायौं । त्यसपछि बुटवलतर्फ लाग्यौं । उहाँलाई जबर्जस्ती ल्याइएको होइन । उहाँ बोल्नै नसक्ने बच्चा होर जबर्जस्ती उठाएर ल्याउनलाई ? घरपरिवार समेतको सल्लाहमा, सहमतिमा, नयाँ कपडा लगाएर, झोला भिरेर हिंड्नु भएको थियो । हामीले मुख्यमन्त्री निवासमा पुर्याऔं । राजीखुसीले विज्ञप्ति बनाउनुभयो र हस्ताक्षर गर्नुभयो । सभामुखलाई र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाममा पनि चिठी लेखेर हस्ताक्षर गर्नुभयो । मुख्यमन्त्रीको निवासमा बसेर सबै कुरा मिलिसकेपछि उहाँलाई होटलमा बसौं भन्ने कुरा भयो । तर उहाँले होइन, होटलमा किन बस्नुपर्यो र यहिं बस्छु, उहाँ (मुख्यमन्त्री शंकर पोखरेल) हाम्रो अभिभावक हो, दाङकै नेता हो भन्नुभयो । हामीले यहाँ बस्दा अप्ठ्यारो लाग्ला भनेर सरस्वती जीलाई सँगै राखेको हो । सरस्वती जी पनि दाङकै नेता हो, माननीय हो । मुख्यमन्त्रीको निवासमा आउने, बस्ने गर्नुहुन्छ । उहाँले आज गरेको पत्रकार सम्मेलनमा भनेका कुराको जवाफ हामीले पनि पत्रकार सम्मेलन गरेरै दिन्छौं ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अध्यक्ष पठान द्वारा आयोगका कार्यवाहक अध्यक्ष लाई मुस्लिम समुदायको बारेमा ध्यानाकर्षण

    अजय मिश्र ,कपिलवस्तु ।जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश अध्यक्ष अकरम पठानले मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष...

    सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै

    पर्वत । के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान...

    काँग्रेसका पूर्व सभापति गुरूङको प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा

    पर्वत। नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि...

    पर्वतमा लागु औषध सहित दुई जना पक्राउ

    पर्वत । पर्वतमा लागु औषध गाँजा, चरेस र आलो मासु सहित दुई जना व्यक्ति पक्राउ...

    पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

    पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं