
१पोखरा १६ का महिलालाई अचार र सेलरोटी बनाउने तालिम
२पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
३निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
४सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
५दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
६नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
७आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
८विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
९ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
१०उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
११एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
१२प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
६प्रदेशले किन्यो आमा…!
७सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
८हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
९प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१०समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
काठमाडौं । प्रतिनिधिसभाको पुनर्स्थापना गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएकामध्ये नेकपा एमालेका आठ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएनन् । तीमध्ये एक नेता हुन्– यज्ञराज सुनुवार । ३ साउनको दिउँसो संसद् भवन पुगेर पनि देउवालाई विश्वासको मत नदिई तटस्थ रहेका नेता सुनुवार, आफ्नो निर्णय पार्टी एकता जोगाउनका निम्ति भएको बताउँछन् ।
उनी भन्छन्, ‘संविधान, संसद् र प्रणाली जोगाउन अदालत गयौं र जोगियो पनि । अब पार्टी जोगाउँछौं ।’ पार्टी जोगाउन अहिलेको नेतृत्वले आवश्यक पहलकदमी नलिए दोस्रो र तेस्रो पुस्ताले हस्तक्षेप गर्ने समेत उनको भनाइ छ । प्रस्तुत छ, ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुनुवारको धारणा उनकै शब्दमाः
संविधान र संसद् जोगाउन हस्ताक्षर
७ जेठमा नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे । हामीले ५ पुसको संसद् विघटनको पनि विरोध जनाएका थियौं । तर पुनर्स्थापित संसद् फेरि प्रधानमन्त्रीले विघटन गरे । संसद् विघटनको सिफारिस असंवैधानिक थियो । आफ्नै पार्टीको अध्यक्ष भएपनि संविधानले नदिएको कुरा गर्नुभएकाले पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत गएका थियौं । अहिले प्रचार गरिए जस्तो नेपाली काँग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन मात्रै हामीले हस्ताक्षर गरेका होइनौं ।
तर हाम्रो कदम मुलुक, संविधान, व्यवस्था र संसद् जोगाउन सफल भयो । यदि अदालत गएका थिएनौं भने यी सबै कुरा खतरामा थियो । किनकि संविधान र व्यवस्था सिध्याउने धेयका साथ अनेक शक्तिहरुको चलखेल तीव्र थियो । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्न सफल भइसकेका थिए । नेकपा एमाले फुटाउने प्रयत्न त अहिले पनि कायमै छ ।
संसद् पुनर्स्थापना त भयो, तर फेरि पनि पूरा कार्यकाल कायम रहनेमा सन्देश थियो । राष्ट्रिय राजनीति वृत्त र आमनागरिक पंक्तिले यसतर्फ चासोका साथ हेरेका थिए । अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । देउवाले विश्वासको मत नपाए फेरि पनि मुलुक मध्यावधिमा जाने खतरा थियो, संसद् पाँच वर्ष नचल्ने अवस्था आउनेवाला थियो ।
एमाले जोगाउन कार्यदलमा रहेका दशै जनालाई नैतिक संकट पनि देखिरहेको छु– फुटेको पार्टीको उत्तराधिकारी बन्ने कि पार्टी एकता जोगाउन अब हस्तक्षेपकारी भूमिकामा उत्रने । संभवतः उहाँहरुले आँट देखाउनु भएन भने त्यसपछिको पंक्ति अगाडि बढ्न सक्छ, एमाले जोगाउन
हाम्रो निष्कर्ष थियो– संसद् पाँचै वर्ष बाँच्नुपर्छ । त्यसैले देउवालाई विश्वासको मत दिने निर्णयमा पुग्यौं । ३ साउनमा देउवालाई विश्वासको मत दिन भनेर संसद् भवन गयौं । तर महन्थ ठाकुरहरुले पनि देउवालाई विश्वासको मत दिने भएपछि संसद् जोगिने निश्चित भयो ।
यसपछि हामीलाई एमालेलाई एकताबद्ध राख्ने अवसर प्राप्त भयो । त्यसैपनि संविधान, व्यवस्था, संसद् जत्तिकै महत्व हाम्रो लागि एकताबद्ध एमालेको चिन्ता थियो । महन्थ ठाकुरले विश्वाशको मत दिएपछि प्रधानमन्त्री देउवाले बहुमत पाउने निश्चित थियो ।
त्यसैले तटस्थ बस्ने निर्णय लियौं । सामूहिक छलफल गरेरै कतैपनि नउभिने निष्कर्ष निकालेका हौं । तटस्थ बस्ने निर्णय एकताका निम्ति नेतृत्वलाई दबाव पनि हो । किनकि हामी अध्यक्ष ओलीसँगै उभिएर विपक्षमा पनि मतदान गरेनौं र बरिष्ठ नेता माधव नेपालसँगै उभिएर विश्वासको मत पनि दिएनौं ।
तटस्थ बस्दा केहीले आलोचना पनि गरेका छन् । तर कतै पनि नउभिएर हामीले एकताको बाटो रोजेका हौं । तटस्थ बस्नेमा ओली र नेपाल दुवै तर्फका छौं । अर्थात् हिजो संसद् विघटनलाई असंवैधानिक भन्ने र समर्थन गर्नेहरु एकठाउँमा उभिने अवस्था बनेको छ । किनकि आजको आवश्यक पनि एकताबद्ध एमाले नै हो । आम कार्यकर्ता पंक्ति एकता जोगाउनुपर्छ र जोगिन्छ भन्नेमा आशावादी छन् । कतिपयलाई असम्भव लागिरहेको होला, तर राजनीतिमा असम्भव भन्ने केही हुन्न ।
एकता जोगाउन आत्मसमीक्षा
राजनीतिक शक्तिहरू मुलुकको साझा सम्पत्ति हो । जनताको सम्पत्ति हो । लोकतन्त्रका लागि निर्णायक शक्ति हो । कुनैपनि पार्टी विभाजनले त्यो पार्टी र कार्यकर्ताले मात्रै दुःख पाउँदैन । सिंगो देश र आमजनताले दुःख पाउँछन् । त्यसैले सकभर पार्टीहरू विभाजित हुन हुन्न । विवादहरू हल गरेर एकता जोगाउनुपर्छ ।
अहिले एमाले जोगाउनु एमाले पंक्तिको मात्रै दायित्व होइन, लोकतन्त्रप्रति विश्वास राख्ने पंक्तिले पनि सोच्ने विषय हो । एकताबद्ध एमालेले मात्रै समाजका निम्ति योगदान दिनसक्छ । पक्कै पनि एमालेको एकता जटिल मोडमा पुगेको छ । पहिले संसद् विघटन र पछि देउवालाई विश्वासको मत दिने घटनाकै कारण अब पार्टी जोगिँदैन भन्नेमा जोड नदिऔं ।
अहिले हामी फरक परिस्थितिमा आइपुगिसक्यौं । हिजो देउवालाई समर्थन दिइरहँदा पनि एमाले कुनै हालतमा विभाजन गरेर विश्वासको मत दिन्छौं भनेका छैनौं । कहिल्यै भनेको पनि होइन । संविधानको धारा ७६ (५) बमोजिम सांसदको स्वविवेकीय अधिकार प्रयोग गरी विश्वासको मत दिएका हौं ।
अब प्राथमिकता, उद्देश्य र प्रयास भने एमालेको एकता जोगाउने नै हो । त्यसका निम्ति सबैले आत्मसमीक्षा गर्न जरुरी छ । आफैंले गरेका सम्पूर्ण गतिविधिहरुबारे अध्यक्ष कमरेडले समीक्षा गर्नुपर्छ । कसरी नेकपा विघटन हुँदै एमाले विभाजनको संघारमा पुग्यो र त्यसमा नेतृत्वका हैसियतले आफूले गरेको गल्तीप्रति आत्मसमीक्षा गर्नुपर्छ ।
बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अनि सम्पूर्ण पार्टी पंक्तिले एमाले यो हालतमा पुग्नुको धेरथोर गल्तीकमजोरी हैसियतअनुसार स्वीकार्नुपर्छ । निशंकोच रूपमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गर्नुपर्छ ।
पहिलो पुस्ताको विदाइ
अहिले पनि नेतृत्व मिलेर आउँदा कार्यकर्ता पंक्तिले स्वागत गर्छन्, प्रश्न उठाइसकेका छैनन् । मिलेकै राम्रो । आ–आफ्नो भूमिकाअनुसार पार्टी एकता जोगाउन उत्तम विकल्प हो । तर मिल्नै सकिदैन, जसरी पनि पार्टी विभाजन गर्ने भन्नु हुन्छ भने हस्तक्षेपको अवस्था आउन सक्छ ।
एमालेको कार्यकर्ता पंक्ति रमिता हेरेर बस्ने अवस्था देख्दिनँ । जबर्जस्त र निर्णायक ढंगले दोस्रो/तेस्रो पुस्ताले हस्तक्षेप गर्ने परिस्थिति आउन सक्छ । त्यो कठोर निर्णय पनि नयाँ पुस्ताका नेताहरुले सामूहिक रुपमा लिनुपर्छ ।
आमकार्यकर्ता पंक्तिको दबाव पनि पार्टी एकता जोगाउन आवश्यक परे पुस्तालाई विदाइ गर्न पनि तयार हुनुपर्छ भन्ने छ । केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल लगायत पहिलो पुस्तालाई एकमुष्ठ रुपमा जिम्मेवारी मुक्त गरेर भएपनि एकता जोगाउनुपर्छ । त्यो तयारी पनि छ ।
पक्कै पनि यो पार्टी र आन्दोलन यहाँसम्म ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । सधैं सम्मान र आदरको पात्र हुनुहुन्छ उहाँहरू । त्यसैले उहाँहरुको राजनीतिक सपना, संघर्ष र संकल्प पूरा गर्न पनि सर्वोच्च र सम्मानित भूमिकामा दिइनुपर्छ । त्यसपछि उहाँहरु अभिभावकको भूमिकामा रहनु हुन्छ ।
एमाले जोगाउन कार्यदलमा रहेका दशै जनालाई नैतिक संकट पनि देखिरहेको छु– फुटेको पार्टीको उत्तराधिकारी बन्ने कि पार्टी एकता जोगाउन अब हस्तक्षेपकारी भूमिकामा उत्रने । संभवतः उहाँहरुले आँट देखाउनु भएन भने त्यसपछिको पंक्ति अगाडि बढ्न सक्छ, एमाले जोगाउन ।
तर बिडम्बना ! विभाजनमा रमाउने अतिवादीहरुलाई भूमिकाले पार्टीमा ठाउँ पाइरहेको छ । केपी ओली र माधव नेपाललाई उकास्नेहरू ज्यादा सक्रिय छन् । यो स्वभाविक पनि हो । किनभने नेताहरू मिलेर चलिआएको हालीमुहाली गुम्ने उनीहरुमा डर छ । त्यसैले पार्टी फुट्दा पनि कुनै नेता विशेषको भविष्य राम्रो छ भन्ने रिपोर्ट बुझाउन छोडेका छैनन् ।
जबकी वास्तविकता भने विभाजनले कुनै पनि नेताको कद उचो हुन्न, आन्दोलन र पार्टी बलियो हुँदैन । त्यसैले नेताको वरिपरी घुम्नेले तयार पारेको रिपोर्टको आधारमा होइन, जनताको घरआँगनमा खटिरहेका कार्यकर्ताको भावना र चाहनामा आधारित भएर अगाडि बढ्नुपर्छ ।


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

प्रतिक्रिया