
१लायन्स क्लवका अन्तर्राष्ट्रिय प्रेसिण्डेन्ट सक्सेना पोखरामा, पर्यटन प्रर्वद्धनमा विश्वास
२“वडा खेलकुद महोत्सवमा खेलको उत्सव फुटबलमा एसओएस गण्डकी, यूनी हकीमा सेंट फ्रान्सिसको दोहोरो उपाधि”
३पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
४युवा सञ्जाल पर्वतले जिल्लाका ६१ वटै वडामा शाखा कार्यालय खोल्ने
५सहकारीलाई कोपोमिसमा अद्यावधिक हुन कुश्मा नगरपालिकाको निर्देशन
६पर्वतमा पशु बधशाला तथा मासु जाँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
७प्रतिनिधिसभा सदस्यमा पर्वतबाट १७ जनाको उम्मेदवारी दर्ता
८सबैभन्दा बढी रुपन्देहीमा उम्मेदवार, मुस्ताङ र मनाङमा कम
९एलायन्स क्लव,अब पोखरामा पनि
१०पर्वत जिल्लामा उम्मेदवारहरूको मनोनयन दर्ता शान्तिपूर्ण
११शिवालय माध्यमिक विद्यालय र जनताधन माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुका लागि ५ दिने क्रिकेट तालिम आजबाट शुरु
१२अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले उचाल्यो
१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
३आमाहरु संसार मात्रै होईनन
४आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई
५प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
६प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
७आठौ पर्बत महोत्सब: फलेबास नगरपालिकालाई हराउदै कुश्मा नगरपालिकालाई तृतीय स्थान
८विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
९नवनियुक्त प्रजिअ पौडेलद्वारा पत्रकारसँग साक्षात्कार: ‘निर्वाचनका लागि सकारात्मक सन्देश फैलाउनुस्’
१०आठौ पर्बत महोत्सब: पहिलो उद्घाटन खेलमा कुश्मा नगरपालिका बिजयी
११आठौ पर्बत महोत्सब: जैमिनी नगरपालिका, फलेबास नगरपालिका र कुश्मा गंगटे बिजयी
१२आठौ पर्बत महोत्सब: गलकोट सुजाता होटल र बिरुवा गाउँपालिका स्याङ्गजा फाईनलमा प्रबेश
पर्वत । जिल्लाका पैयुँ गाउँपालिकाले गत हप्ताको वर्षा र हावाहुरीले धानमा क्षति बेहोरेका कृषकहरूलाई झन्डै ३० लाख रुपैयाँ राहत स्वरूप वितरण हुने भएको छ ।
गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार गत कात्र्तिकको ११ देखि १३ गतेसम्म भएको वर्षा र हावाहुरीले धान बालीमा क्षति भएपछि कृषकहरूले राहत उपलब्ध गराइदिन भन्दै गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरेका थिए । सोही अनुसार क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउने गरी कार्यपालिकाको बैठकबाट निर्णय भएको छ ।
गाउँपालिकाको कार्यालयबाट कात्तिक १४ गतेदेखि नै धान बालीमा भएको क्षतिको विवरण सङ्कलन गर्न कर्मचारीहरू खटाइएको थियो । उनीहरूले वडा विभाजन गरेर प्रत्येक वडामा पुगेर कृषकहरूलाई भेट गरी क्षतिको अवस्थाका बारेमा स्थलगत रूपमा अनुगमन गरेका थिए । कर्मचारी तथा जनप्रतिनिधिहरू समेत सहभागी भएका टोलीहरूले गाउँपालिकाभरमा सात सय परिवारको एक हजार पाँच सय रोपनी खेतमा लगाइएको धानमा क्षति भएको विवरण ल्याएका छन् । उक्त क्षेत्रफलमा लगाएको करिब चार सय ५० टन धान नष्ट भएको अनुगमनकर्ताहरूको विवरणमा उल्लेख छ ।
कार्यपालिकाको बैठकले राहत वितरण गर्दा न्यूनतम एक रोपनी क्षेत्रफलको धान क्षति भएका किसानलाई दुई हजार रुपैयाँ तथा एक रोपनीभन्दा बढी क्षति भएका किसानलाई त्यसपछिको प्रत्येक रोपनीका लागि एक हजार पाँच सय रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले राहत रकममा यति नै खर्च हुन्छ भन्ने निधो भने यकिन नभएको बताए । प्रत्येक परिवारको कुल क्षेत्रफलको प्रमाणित तथ्य निकालेपछि मात्रै यति रकम खर्च हुने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ । १५ सय रोपनीलाई १५ सय रुपैयाँकै दरमा राहत वितरण गर्दा अनुमानित करिब ३० लाख रुपैयाँ गाउँपालिकाले कृषकहरूलाई वितरण गर्ने छ ।
भित्राउने बेला हुन लागेको धान खेतीलाई वर्षाले प्रभावित पारेपछि पर्वतका कृषकहरू चिन्तामा छन्। जिल्लाका अधिकांश स्थानहरूमा लगाइएको धान बाली करिब पाकेको छ । कतिपय स्थानमा धान काट्ने बेला भएको भए पनि कृषकहरूले तिहारपछि काट्ने गरी चाडबाड व्यस्त भएका थिए । वर्षाले कतिपय स्थानमा काटेर सुकाइएको धान भिजाउने, निहिनमा नै धान झार्ने, पराल भिज्ने भएको छ । नकाटेर गरामा नै ठाडो अवस्थामा रहेको धानमा वर्षाले खासै क्षति नगरेको भए पनि सोमबारको हावाले भने धान ढलाएर क्षति भएको छ ।
नकाटेर खेतमै ठाडो रहेको धानमा भने वर्षाले खासै असर नपारेको भए पनि पाकेको धान भने झारेको छ । तर कतिपय स्थानमा ठाडो रहेको धान समेत ढलेर खेतमै मडारिएको छ । ठाडो रहेको धान असर परेजस्तो नदेखिए पनि पानीका थोपाले चुट्दा गरामा नै झरेको हुन सक्ने कृषि ज्ञान केन्द्र पर्वतकी बाली संरक्षण अधिकृत सुवेदीले बताइन् । तर नपाकेको धानमा भने निकै कम असर हुने उनको भनाइ छ ।


१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
३आमाहरु संसार मात्रै होईनन
४आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई
५प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने

प्रतिक्रिया