
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । जिल्लाका पैयुँ गाउँपालिकाले गत हप्ताको वर्षा र हावाहुरीले धानमा क्षति बेहोरेका कृषकहरूलाई झन्डै ३० लाख रुपैयाँ राहत स्वरूप वितरण हुने भएको छ ।
गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार गत कात्र्तिकको ११ देखि १३ गतेसम्म भएको वर्षा र हावाहुरीले धान बालीमा क्षति भएपछि कृषकहरूले राहत उपलब्ध गराइदिन भन्दै गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरेका थिए । सोही अनुसार क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउने गरी कार्यपालिकाको बैठकबाट निर्णय भएको छ ।
गाउँपालिकाको कार्यालयबाट कात्तिक १४ गतेदेखि नै धान बालीमा भएको क्षतिको विवरण सङ्कलन गर्न कर्मचारीहरू खटाइएको थियो । उनीहरूले वडा विभाजन गरेर प्रत्येक वडामा पुगेर कृषकहरूलाई भेट गरी क्षतिको अवस्थाका बारेमा स्थलगत रूपमा अनुगमन गरेका थिए । कर्मचारी तथा जनप्रतिनिधिहरू समेत सहभागी भएका टोलीहरूले गाउँपालिकाभरमा सात सय परिवारको एक हजार पाँच सय रोपनी खेतमा लगाइएको धानमा क्षति भएको विवरण ल्याएका छन् । उक्त क्षेत्रफलमा लगाएको करिब चार सय ५० टन धान नष्ट भएको अनुगमनकर्ताहरूको विवरणमा उल्लेख छ ।
कार्यपालिकाको बैठकले राहत वितरण गर्दा न्यूनतम एक रोपनी क्षेत्रफलको धान क्षति भएका किसानलाई दुई हजार रुपैयाँ तथा एक रोपनीभन्दा बढी क्षति भएका किसानलाई त्यसपछिको प्रत्येक रोपनीका लागि एक हजार पाँच सय रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले राहत रकममा यति नै खर्च हुन्छ भन्ने निधो भने यकिन नभएको बताए । प्रत्येक परिवारको कुल क्षेत्रफलको प्रमाणित तथ्य निकालेपछि मात्रै यति रकम खर्च हुने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ । १५ सय रोपनीलाई १५ सय रुपैयाँकै दरमा राहत वितरण गर्दा अनुमानित करिब ३० लाख रुपैयाँ गाउँपालिकाले कृषकहरूलाई वितरण गर्ने छ ।
भित्राउने बेला हुन लागेको धान खेतीलाई वर्षाले प्रभावित पारेपछि पर्वतका कृषकहरू चिन्तामा छन्। जिल्लाका अधिकांश स्थानहरूमा लगाइएको धान बाली करिब पाकेको छ । कतिपय स्थानमा धान काट्ने बेला भएको भए पनि कृषकहरूले तिहारपछि काट्ने गरी चाडबाड व्यस्त भएका थिए । वर्षाले कतिपय स्थानमा काटेर सुकाइएको धान भिजाउने, निहिनमा नै धान झार्ने, पराल भिज्ने भएको छ । नकाटेर गरामा नै ठाडो अवस्थामा रहेको धानमा वर्षाले खासै क्षति नगरेको भए पनि सोमबारको हावाले भने धान ढलाएर क्षति भएको छ ।
नकाटेर खेतमै ठाडो रहेको धानमा भने वर्षाले खासै असर नपारेको भए पनि पाकेको धान भने झारेको छ । तर कतिपय स्थानमा ठाडो रहेको धान समेत ढलेर खेतमै मडारिएको छ । ठाडो रहेको धान असर परेजस्तो नदेखिए पनि पानीका थोपाले चुट्दा गरामा नै झरेको हुन सक्ने कृषि ज्ञान केन्द्र पर्वतकी बाली संरक्षण अधिकृत सुवेदीले बताइन् । तर नपाकेको धानमा भने निकै कम असर हुने उनको भनाइ छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया