
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौं । बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक डाकिएको थियो । बीचैमा प्रधानमन्त्री ओलीले १२ बजे मन्त्रिपरिषद् बैठक बोलाए । प्रधानमन्त्रीले हतार–हतार मन्त्रिपरिषद् ९क्याबिनेट० राखेर संसद अधिवेशन अन्त्य गराउन लागेको सुनेपछि अर्का अध्यक्ष प्रचण्डले ओलीसँग चासो राखे, ‘यता ११ बजे पार्टीको बैठक चल्दैछ, १२ बजे नै किन क्याबिनेट राख्नुपर्यो रु’ प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गर्ने एउटा मात्रै एजेण्डामा एकैछिन बैठक गर्न लागिएको जानकारी दिए । ‘यसरी हतार–हतार संसद अधिवेशन किन अन्त्य गर्ने रु जे गर्ने हो, पार्टीमा सल्लाह गरौंला अनि निर्णय गरौंला,’ प्रचण्डले यसो भनेपछि प्रधानमन्त्री ओलीले ‘विचार गरौंला’ भन्ने जवाफ दिए । प्रचण्डले अहिले हतारमा यस्तो निर्णय नलिन प्रधानमन्त्री ओलीलाई विशेष अनुरोध गरे । त्यसपछि प्रधानमन्त्रीले ‘हुन्छ नि त उसोभए आजको क्याबिनेट बैठक स्थगित गर्छु’ भन्ने वचन दिए । तर पछि सुटुक्कै कतिपय मन्त्रीहरूसमेत बैठकमा आउन नभ्याउँदै प्रधानमन्त्री ओलीले हतार(हतार क्याबिनेट बैठक राखे र संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरे । पार्टीका नेताहरूले अहिले नगरौं भनेर अनुरोध गर्दागर्दै प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर पार्टी नेताहरूको आग्रहलाई अवज्ञा गरी छाडे । बुधबार बेलुका ललितपुरको झम्सीखेलमा सम्पन्न ३० नेताहरूको भेलाले प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने प्रतिबद्धता जनाउनुपर्ने निर्णय गरेका थिए । तर प्रधानमन्त्री ओलीले त्यसको ठिक उल्टो व्यवहार देखाएर पार्टी नेताहरूको आग्रहलाई लत्याइदिए । प्रधानमन्त्री ओलीले स्थायी कमिटीलाई अटेर गरेर संसद अधिवेशन अन्त्य गरेपछि बिहीबार स्थायी कमिटीका नेताहरू थप सशंकित र आक्रोशित भए । लगत्तै प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डले कुरा बुझ्ने भन्दै केहीबेरका लागि स्थायी कमिटी बैठक स्थगन गरियो । नेताहरु बालुवाटारमै टहलिन थाले भने अध्यक्ष प्रचण्डचाहिँ प्रधानमन्त्री ओलीसँग सम्वाद गर्नतिर लागे । प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर सोधे, ‘तपाईंले किन यसो गर्नुभएको रु यो त गल्ती भयो । यहीँनेर मिटिङ चलिरहेको छ, तपाईले पार्टीलाई थाहासम्म निदिई लुकिछिपी किन यस्तो निर्णय गर्नुभो ? नेकपा उच्च स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे, के तपाईले संसद विघटन गरेर अस्तिको जस्तै पार्टी फुटाउने अध्यादेश फेरि ल्याउन लाग्नुभएको हो रु जवाफमा प्रधानमन्त्रीले भने, ‘हैन, अहिले एक–दुई दिनलाई आउँदैन ।’ त्यसपछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट सिधै शीतलनिवासतिर राष्ट्रपतिलाई भेट्न हिँडे ।
राष्ट्रपतिलाई प्रचण्डले भने– पक्षधरता नदेखाउनोस्
विहीबार बिहान मन्त्रिपरिषदको बैठक बस्नुपूर्व प्रधानमन्त्री ओलीले पनि राष्ट्रपतिलाई भेटेका थिए । राष्ट्रपतिसँग कुरा गरेपछि क्याबिनेट बैठक राखेर संसद बैठक स्थगनको सिफारिस शीतलनिवास पठाइएको थियो । र, क्याबिनेट बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गर्नासाथ राष्ट्रपतिबाट त्यसलाई हतार–हतार सदर गरिएको थियो । अब प्रधानमन्त्रीले त्यसैगरी पार्टी फुटाउने अध्यादेश ल्याउनासाथ राष्ट्रपतिबाट स्वीकृत हुने हो कि भन्ने लागेपछि प्रचण्ड बालुवाटारबाट राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास गएको स्रोतको भनाइ छ । प्रचण्डले राष्ट्रपतिलाई भेटेर पार्टी एकतालाई नै असर पर्नेखालको अध्यादेश आएमा तत्काल स्वीकृत नगर्न आग्रह गरेको स्रोतले बतायो । त्यस्तो अध्यादेश आफूसमक्ष आइनपुगेको राष्ट्रपतिले प्रचण्डलाई बताएकी थिइन् । प्रचण्डले राष्ट्रपतिलाई अस्ति पनि हतार–हतार अध्यादेश जारी गरेर अप्ठ्यारो परेको भन्दै देखिने गरी कसैको पक्षधरता नलिने र तटस्थ भूमिकामा बस्न आग्रह गरेको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
भोलि केपी ओलीसँग जवाफ मागिने
शीतलनिवासबाट प्रचण्ड बालुवाटारमा फर्किएर स्थायी कमिटीको बैठकमा सहभागी हुँदा अपरान्ह चार बजिसकेको थियो । प्रचण्ड आएपछि बैठक सुरु भयो । प्रधानमन्त्री ओलीलाई बैठकमा आउन नेताहरुले आग्रह गरे । तर, उनी आउन मानेनन् । प्रधानमन्त्री बैठकमा आउन तयार नभएपछि भोलि शुक्रबार प्रचण्ड र अरु नेताहरुको टीमले प्रधानमन्त्रीसँग थप छलफल गर्ने र शनिबार बिहान ११ बजे पुनः बस्ने गरी स्थायी कमिटीको बैठक स्थगन भएको घोषणा भयो । स्थायी कमिटीका एक सदस्यले भने, ‘अब भोलि प्रधानमन्त्री ओलीसँग पार्टीको अवज्ञा किन गरिएको, बैठकबाट किन भागेको र लुकिछिपी संसदको बैठक किन स्थगन गरेको भनेर जवाफ मागिने छ र पर्सि पुन बैठक बस्नेछ ।’
संसदको पनि अपमान
प्रधानमन्त्री ओलीले विहीबार पार्टीलाई मात्रै अटेर गरेनन्, संसदीय मूल्य मान्यतामाथि पनि प्रहार गर्ने काम गरे । संसद अधिवेशनको अन्त्य गर्नेबेलामा राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखसँग परामर्श गरेर निर्णय लिने संसदीय परम्परा रहँदै आएको छ । तर, प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई थाहै दिई संसद अधिवेशन अन्त्यको निर्णय गरेका छन् । प्रधनमन्त्रीको यस्तो कदमप्रति विपक्षी नेपाली कांग्रेससमेत असन्तुष्ट बनेको छ । प्रधानमन्त्री ओलीले संसदलाई जानकारी नै नदिई संसद अधिवेशेन अन्त्यको निर्णय गरिरहँदा सभामुख सापकोटाचाहिँ निजामति कर्मचारीसम्बन्धी विधेयकबारे कर्मचारीका नेताहरुबाट ज्ञापनपत्र बुझ्न व्यस्त थिए । सभामुख सापकोटाले कर्मचारीका मागहरुबारे छलफल गर्न सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई बोलाएका थिए । तर, त्यहीबेला सभामुखले समेत पूर्वजानकारी नपाई संसद बैठक स्थगन भएको सूचना बाहिर आयो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया