SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/११ गते
    ७५३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । ‘बलेको आगो सबैले ताप्छन्, निभेको आगो कसले ताप्ने’ भन्ने लोकोक्ति नै छ ।

    यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी बलेको आगो हो । पार्टी गठन भएको ६ महिनामै २१ सांसद जितेपछि अहिले त्यो पार्टीका नेताको खुट्टा भुइँमा छैन ।

    तर त्यही पार्टीको सांसद पद गुमाएका ढाकाकुमार श्रेष्ठले नयाँ तथ्य बाहिर ल्याएका छन् । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि पार्टीको कारबाहीमा परेका श्रेष्ठले सांसद पद पनि गुमाएका छन् ।

    तर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन नै रहेकाले अन्तिम न्यायका लागि उनी कुरिरहेका छन् । उनै श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र महासचिव मुकुल ढकाललाई झन्डै तीन करोड बुझाएको तथ्य बाहिर ल्याएका छन् ।

    ढाकाकुमारले सभापति रवि लामिछानेनिकट भनिएका अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा बुझाएको दाबी गरेका छन्।

    ‘रविजीको कोर टीममा रहेका खास–खास व्यक्तिहरूले तपाईंलाई सांसद बनाइदिन्छम्, तीन करोड पैसा दिनुहोस् भनेपछि नाई भन्ने कुरै भएन ।

    मैले सुरुमा मुकुलजीलाई एक करोड दिएँ। उहाँ पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा हुनुहुन्थ्यो। पछि कार्यालयमै गएर डीपीजी र मुकुलजीलाई एक करोड ८४ लाख दिएँ।

    ‘मसँग धेरै पैसा थिएन, सांसद बन्ने नाउमा तीन करोडभन्दा बढी सकेँ । तर अहिले उनै साथीहरूले घात गरेँ। ममाथि अन्याय गरेँ। पार्टीले मलाईं मात्र दोषी बनायो। मैले पार्टीको लागि पैसा सक्काएको छु।

    सांसद बनाइदिन्छम् भन्दा उल्टै नेतालाई पैसा बुझाएको छु। तर कसैबाट एक–रुपैयाँ मागिनँ । मेरो कुनै गल्ती छैन। म न्याय पाउँछु,’ ढाकाकुमारले बुधबार निस्कने एक पत्रिकामा रहस्य खोलेका छन् ।

    ढाकाकुमारले आमनिर्वाचनको प्रचारप्रसारका क्रममा आफूले रास्वपाका लागि व्यक्तिगत रुपमा १० देखि १५ लाखसम्म खर्चिएको पनि उल्लेख गरेका छन् ।

    विवादित मेडिकल व्यवसायी प्रसाईंसँग घुस मागिएको भनिएको ‘टेलिफोन संवाद’को आवाज आफ्नो नभएको उनले दाबी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं