SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/१० गते
    ३२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सदन रेस्लिङ क्लबजस्तो लागेको टिप्पणी गरेका छन् । संसद्मा सत्ता पक्ष र प्रतिपक्षबीचको आरोप प्रत्यारोपका कारण दैनिक दश लाख भन्दा बढी खर्च भइरहेको उनको भनाई छ ।

    नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभामा गरेको सम्बोधनलाई लक्षित गर्दै उनले संसद्मा दुई तीन घण्टा गरिने बकमफुसे गफ आफूलाई महाभारतको बोर लाग्दो सिरियलजस्तो लागेको उनले टिप्पणी गरे ।

    ‘आज यो संसद्मा उभिँदै गर्दा रेस्लिङ क्लब उभिएझैँ लागेको छ । उतापट्टी बस्नेले यतापट्टीलाई गाली गर्ने, यतापट्टीको दाईहरुले उतापट्टीको बाउलाई गाली गर्ने, बा पक्षहरुले दाईलाई हेरिरहने यो परम्पराले संसद्मा अहिले पनि एक दिनमा दश लाख भन्दा बढी खर्च हुन्छ ।

    फेरि पूर्वप्रधानमन्त्रीहरु आउने, हामीले पहिला पहिला कस्तो हुन्थ्यो भने, महाभारत सुन्थ्यौं हामीले । सिरियल सुन्दाखेरि बोर लागेजस्तो दुई तीन घण्टासम्म भाषण ठोकेको ठोक्यै गर्ने ।’

    उनले भने ‘त्यो भएको हुनाले म अनुरोध गर्न चाहन्छु, सदनमा होइन, तपाईँहरु रेस्लिङ क्लबमा जानुस् । संसद्मा यत्रो बजेट खर्च गरेर बमकफुसे गफ सुन्नका लागि जनताले हामीलाई निर्वाचित गराएका होइनन् ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं