SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/२४ गते
    २६९३ &#२३४६;&#२३३५;&#२३२५;

    सुनसरी ।

    भारतीय सिमावर्ती क्षेत्रबाट हुने स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कारबाहीमा परेका छन् ।

    वैशाख २३ गते झापाको केचनाबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १ सय १५ कार्टुन फूजी स्याउ सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । उक्त स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म घेराबारी झापाका प्रहरी नायब उपरीक्षक सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरीक्षक ओकिल धानुक कारबाहीमा परेका हुन् । उनीहरूलाई तस्करीमा संलग्न रहेको आरोपमा कारबाहीस्वरूप सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनी मुख्यालय सुनसरीमा तानिएका हुन् ।

    प्रहरीले कचनकवलस्थित लोदाबरी चोकमा मे १ ज २८०४ नम्बरको टाटा गाडीमा १ सय १५ कार्टुन स्याउ बरामद भएपछि सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईंको संयोजकत्वमा छानबनि समिति गठन भएको थियो । छानबिनका क्रममा शर्मा र धानुकको समेत संलग्नता देखिएपछि अनुसन्धानका लागि मुख्यालय तानिएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी अञ्जनीकुमार पोखरेलले बताए ।

    शर्माको ठाउँमा डिएसपी प्रभात गौतम र केचनामा प्रहरी निरीक्षक जितेन्द्रबहादुर बस्नेतलाई पठाइएको छ । छानबनि समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै पोखरेलले प्रारम्भिक छानबिनको क्रममा घटनामा दुबै जनाको संलग्न रहेको देखिएकोले प्रतिवेदन आएपछि दोषी ठहरेमा थप विभागीय कारबाही हुने पोखरेलले बताए ।

    यसैबीच बरामद गाडीसहितको स्याउ जफत गरेर १४ लाख ५६ हजारमा लिलामी गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । यसअघि पनि सुनसरीमा लौकहीमा ३ ट्रक स्याउ तस्करीमा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीको संलग्नता पुष्टि भएको थियो । भारतीय सीमावर्ती क्षेत्रबाट हुने तस्करीमा प्रहरीकै संगलग्नता हुने गरेको गुनासो बढेपछि पुरानो टोलीलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन सुरु गरिएको डीआईजी पोखरेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं