SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/१९ गते
    २५१५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालले रवि लामिछानेका सवारी चालक दिल बहादुर थापाको मृत्यु बारे जानकारी गराएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै मृत्यु बारे सर्वसाधरणलाई जानकारी गराएको हो ।

    अस्पतालका अनुसार उनलाई अस्पताल ल्याई पुर्याउँदा अतिनै जटिल किसिमको चोट दिमागमा लागी रगत जताततै छरिएको अवस्था रहेको थियो । थप जाँचका क्रममा उनको मृगौला, मुटु तथा शरिरका अन्य भागमा समेत असर परिसकेको जानकारी प्राप्त भएको थियो ।

    यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ति
    ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा आज मिति २०८० साल वैशाख १९ गते मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष श्री रवि लामीछानेका चालक बताइएका वर्ष ३९का श्री दिल बहादुर थापाको दिउँसो १ बजेर ३५ मिनेटमा निधन भएको छ । गम्भीर चोट पछि चितवनमा केहि दिन उपचार गरी थापालाई गत वैशाख ५ गते हेलिकोप्टरबाट उद्धार गरी नेपाल मेडिसिटीमा थप उपचारका लागि ल्याइएको थियो ।

    नेपाल मेडिसिटी अस्पतालको स्नायु तथा नसाशल्यचिकित्सा विभागका प्रमुख प्रा।डा। गोपाल रमण शर्माका अनुसार थापालाई अस्पताल ल्याउँदा Traumatic Brain Injury with Diffuse Subarachnoid Hemorrhage with Intraventricular Extension अर्थात अतिनै जटिल किसिमको चोट दिमागमा लागी रगत जताततै छरिएको अवस्था रहेको थियो । थप जाँचका क्रममा उनको मृगौला, मुटु तथा शरिरका अन्य भागमा समेत असर परिसकेको जानकारी प्राप्त भएको थियो ।

    रक्तचापलाई सन्तुलनमा ल्याउदै उनको भेन्टिलेटरमा राखी मल्टि डिस्सीप्लीनरी टिमबाट उपचार भइरहेको थियो । चिकित्सकको अथक प्रयास र विभिन्न उपचारका बावजुत पनि थापाको स्वास्थ्यमा सुधार नदेखिएको अवस्थाका बिच उनको मंगलबार मृत्यु भएको जानकारी अस्पताले गराउन चाहन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं