SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/१८ गते
    १०५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    दर्शकले औधी रुचाउने भएर होला पल देशका विभिन्न मेला महोत्सव आयोजकको नजरमा पर्ने गरेका छन्। यसैबीच, पल एक कार्यक्रमको लागि बुधबार इटहरी पुगेका थिए। इटहरी पुगेको समयमा अभिनेता पल शाहले धरान उपमहानगरपालिकाका हर्क साम्पाङलाइ गैंती(बेल्चा उपहार दिएका छन् ।

    उनले महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट आफूले औजार खरिद गरेको र मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको पलले बताए । पश्चिम नेपालका महोत्सवमा पुगेका उनी बुधबार पूर्वी सहर धरान पुगेर पलले साम्पाङलाई भेटेर उनले गैंती-बेल्चाजस्ता औजार कोसेली दिएका हुन् ।

    उक्त खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट आफूले औजार खरिद गरेको र मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको पलले बताए । औजार कोसेली दिने क्रममा अहिले हलमा चलिरहेको फिल्म ‘जारी’की कलाकार रेखा लिम्बू पनि उपस्थित थिइन् ।

    पलले हर्क सरको सामाजिक कार्यको हिस्सा हुन पाउँदा खुसी लागेको साथै पारिश्रमिकको केही हिस्सा सहयोग गरेको अभिनेता शाहले बताए । पललाई तारिफ गर्दै हर्कले केही तस्वीरहरु सार्वजनिक गरेका छन्। ‘श्रमलाई सम्मान गर्ने कलाकार पलजी’( भनेर हर्कले पलसँगका तस्वीर बिहीबार सार्वजनिक गरेका हुन्। तस्वीरमा पलले हर्कलाई बेल्चा उपहार दिन लागेको देख्न सकिन्छ।

    औजार ग्रहण गर्दै मेयर साम्पाङले पनि सबैै नेपालीभाषीलाई यो उपहारले सन्देश दिएको बताए । ‘मान्छेले खानेकुरा कसरी उत्पादन हुन्छ भन्ने कुरा बिर्सिए, पलजीले त्यो सम्झाइदिनुभएको छ,’ साम्पाङले भने । पल शाह यतिबेला फिल्ममा कमब्याकको तयारीमा छन् । उनी पछिल्लो समय म्युजक भिडियोमा व्यस्त छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं