SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/१६ गते
    ४९२ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।

    न्यूयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले राखेकाे कार्यक्रममा द यूनाइटेड नेशन्स वाटर कान्फ्रेन्समा नेपाल सरकारका तर्फबाट प्रतिनिधित्व गरेका खानेपानी मंत्री अब्दुल खानले नेपालको जलस्रोतको बारेमा उठान गरेको बिषय सराहनीय रहेको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताएका छन् l

    खानेपानी मन्त्री अब्दुल खानले विश्वका अरू देशहरू मध्य नेपालमा उत्कृष्ट खानेपानीकाे श्राेत रहेकाे, नेपाल भाैगाेलिक रूपमा कठिन रहेता पनि प्रकृतिले पूर्ण रूपमा सजाएकाे , नेपालकाे प्रकृतिकसंग रमाउन तथा जिवनकाे नयाँ अनुभुति लिनका लागि विश्वका प्राय सबै देशवाट पर्यटकहरू नेपाल आउने गरेकाे , नेपालमा धेरै संभावनाहरू रहेका छन् तर ति संभावनाहरूलाई अमेरिकामा रहेका व्यापारीहरूले सहयाेग गरि नेपालकाे खानेपानी, भाैतिक सामग्रीका साथै कृषि जन्य पदार्थ नेपालबाट अमेरिका लाई विश्व बजार पुर्याउन मन्त्री खानले अनुराेध गरेका थिए l

    मौलाना मशहूदले बताए की मंत्री खानले नेपालको प्रकृतिक स्रोत साधनको राम्रो प्रस्तुति विश्व सामु गरेको तथा नेपालमा उतकृष्ट पानीको स्रोत रहेको बताए अनुसार नेपालमा पानीको स्रोत पहिचान गरि विश्व बजारमा पुर्याए आर्थिक रूपमा समेत फाइदा पुग्ने मशहूदले बताए l

    नेपाल प्रकृतिक, सांस्कृतिक, भौगौलिक, जैविक विविधता रूपमा धनी देश रहेको तथा त्यस्ता तमाम सम्भावना हरूको पहिचान गरि सरकारले उचित कदम उठाई विश्व बजारको माग अनुसार वस्तु उत्पादन गर्नुपर्ने आजको आवश्यकता रहेको उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताए l साथै राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्कीले समेत मंत्री खानले उठाएको कुरा प्रशंसनीय रहेको बताए l

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं