SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/१८ गते
    ६५७ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । पर्वत उधोग वाणिज्य संघ को मुख्य आयोजना मा यहि माघ ११ गते देखि २१ गतेसम्म सन्चालन हुने गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला तथा ७ औ पर्बत महोत्सवको आज आठौ दिनमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा पहिलो खेल मोदी गाउँपालिका,पर्बत र जैमिनी नगरपालिका, बाग्लुंग बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोदी गाउँपालिका,पर्बतले ३-१ को सोझो सेटमा बाजी मार्यो ।बेस्ट अफ फाईपमा भएको खेलमा मोदी गाउँपालिका,पर्बतले पहिलो सेट २५-१३ ले जितेको थियो भने दोस्रो सेट २५-२० ले जित निकाल्दा तेस्रो सेट जैमिनी नगरपालिका २५-२१ ले  जित निकाल्दा चौथो सेट मोदी गाउँपालिकाले २५-२२ को सेटमा हराउदै अर्को चरणमा प्रबेश गर्न सफल भयो । यो खेल संगै पहिलो चरणको सबै खेल सकियो र यसपछि क्वाटरफाइनलका खेलहरु हुने व्यबस्थाक जगदीश सुबेदीले बताउनु भयो । पहिलो क्वाटरफाइनल खेल आजै काठेखोला गाउँपालिका र महाशिला गाउँपालिका,पर्बत बीच हुने छ ।

    नकआउट चरण मा खेलईने उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,००,०००/ (दुईलाख , सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ३०,०००/ (तिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई पनि ३०,०००/ (तिस हजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको खेल संयोजक शेरबहादुर चोचाङ्गीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं