SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२६ गते
    ९९१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कामना सेवाबिकास बैंक लि. डिमुवा शाखाले बैंकको १५ औ बार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत मोदि गाउपालिका वडा नं. ०३, घुरुङ्गसेरामा रहेको श्री बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्रि तथा डस्टविन हस्तान्तरण गरेको छ ।

    बैंकको काम नाफा कमाउने मात्र नभई कमाएको नाफाबाट केहि रकम सामाजिक उत्तरदायित्वमा पनि खर्च गर्नुपर्छ भन्ने उद्धेश्यका साथ बिद्यालयलाई सहयोग गरेको र बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने छ । बैंक का धौलागिरी क्षेत्र प्रमुख श्री शालिकराम अधिकारीले जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीले आजको यस कार्यक्रमले बैंक र समुदाय बिचको सम्बन्ध अझ सुमधुर हुने र समुदाय स्तरमा हुने हरेक आर्थिक गतिबिधिहरु बैंक मार्फत नै सञ्चालन गर्न ब्यवस्था मिलाउने बताउनु भएको थियो साथै यस सहयोगले बिद्यालयको शैक्षिक स्तरमा समेत सुधार हुने बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काले बताउनु भयो ।

    बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काको सभापतित्व, मोदि गाउपालिका वडा नं. ०३ का वडा अध्यक्ष देबेन्द्र बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता, डिमुवा शाखा प्रमुख किशोर तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा धौलागिरी क्षेत्र प्रमुख शालिकराम अधिकारी, कुश्मा शाखा प्रमुख शिव आचार्य तथा डिमुवा शाखाका कर्मचारी मोहन सुवेदि र हरि प्रसाद गौतम लगायत बिद्यालयका सम्पुर्ण शिक्षक शिक्षीकाको समेत उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं