SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/११ गते
    ८५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राखेका छन् ।

    पार्टी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरी अघि बढ्नै नसकिने तर्क गरेका हुन् । भुसालले जनताको बहुदलीय जनवादकोबारेमा धेरै कुरा राखेपनि यो के होे भन्ने कुरा नै नभनेर जान नसिकिने बताए ।

    बैठकपछि उनले भने, ‘जनताको बहुदलीय जनवाद के हो भन्ने कुरा हामीले अहिलेसम्म परिभाषित गरेका छैनौ । यस विषयमा पनि हामी यसरी लामो समयसम्म जान सक्दैनौं । यसलाई हामीले परिपूर्ण गराऔं भन्ने मेरो कुरा हो ।’ भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ती छामेजस्तो’ हुन नहुने टिप्पणी समेत गरे ।

    उपमहासचिव भुसालले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खानु परेको उल्लेख गर्दै त्यसमा हामी भित्रै रहेको कमजोरीको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समावेश नभएको भन्दै त्यसमा पनि फरक मत रहेको बताए ।त्यसैगरी उनले समाजवादमा जाने ठोस कार्यक्रम पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख नगरिएकोमा पनि आफ्नो असहमति रहेको बताए ।

    उनले भने, ‘दस्तावेजहरुमा धेरै कुराहरु आवश्यक र उचित कुराहरु पनि छन् । तर त्यसमा चाहिँ नपुगेका केही आधारभूत कुराहरु पनि छन् भन्ने मेरो भनाई हो । मलाई लागेको त्यो हो–जुन मैले बैठकमा राखेको छु । स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा पनि राखेको छु । तीन वटा कुरामा खासगरी अहिले कम्युनिष्ट आन्दोलनले जुन धक्का खाएको छ । त्यो धक्का सानोतिनो छैन । त्यस बारेमा पनि हामीले नलुकाई दुनियाँको सामुन्ने भन्न सक्नुपर्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं