SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/२५ गते
    ११८५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको जनस्तरमा ब्यापक बिरोध चलिरहेको बेला नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी माओवादी र नेकपा मालेले सरकारले जनभावना बिपरीत, राष्ट्रहित विपरीत रहेको सम्झौता संसदबाट पारित गर्ने जोडबलमा लागेको भन्दै संयुक्त मोर्चा बनाई बिरोध पर्दशन सम्पन्न गरेको छ ।

    आज पर्वतको मोदी गाउँपािलका डिमुवा बजारमा एक पर्दशन कार्यक्रम आयोजना गरी एमसीसी खारेज गर्नु पर्ने माग राखेको छ । कार्यक्रममा बोल्दै नेकपा पर्वतका कार्यालय सचिव कृष्ण बिक किरणले एमसीसी सम्बन्धी सबै कार्यक्रम नेपालमा तत्काल बन्द नगरिए परिणाम भयावह हुने चेतावनी दिए ।

    त्यस्तै बिरोध प्रर्दशनमा बोल्दै नेकपा मालेका केन्द्रिय सदस्य याम बिकले एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तान जस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर्न भन्दै झण्डै अर्वोै भन्दा बढी रकम स्वाहा बनाइसकेको एमसीसी सम्बन्धी सबै कार्यक्रम बन्द नगरिए आन्दोलनको आधिबेहरी ल्याउने चेतावनी दिए ।

    बिरोध प्रर्दशनमा क्रान्तिकारी माओवादीका नेता महान गुरुंगले एमसिसि जस्तो राष्टघाती सहमति तत्काल खारेज गर्नुको सट्टा संसद्बाटै पास गराउनु नेपाली राजनीतिक इतिहासमा सबैभन्दा ठूलो भूल र कलङ्क हुने बताए ।

    उनले भने यो सहमति संसद्बाटै पारित हुने वा कुनै पनि बहानामा यो कार्यान्वयन हुने अवस्थामा नेपालको असंलग्न परराष्ट्रनीतिको विपरीत नेपाललाई अमेरिका वा यसको सैन्य गठबन्धनको कठपुतली बनाउने षडयन्त्र रहको पनि बताए ।

    बिरोध प्रर्दशनमा नेकपा मोदी गाउँ पालिका इन्चार्ज प्रकाशजंग लामिछानेले पनि आफ्नो मन्तब्य राखेका थिए भने कार्यक्रमको संञ्चालन नेकपाका नेता टिका नेपालीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं