SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२२ गते
    ६३४ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया पर धकेलिएको बताएका छन् ।

    आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठकमा बिहीबार नेपालले भने, ‘एकताको कुरा अगाडि बढ्ने बित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नुहुन्छ । त्यसले गर्दा विश्वासको वातावरण बनेको छैन, सहमति पनि खण्डित भएको छ । केही विषयमा सहमति भएका छन् तर धेरै विषयमा सहमति भएको छैन’, उनले भने ।

    सहमतिको प्रस्ताव आएकै बेला काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्षले माधव नेपाल राष्ट्रद्रोही हो भनेको प्रसंग उल्लेख गर्दै नेपालले थपे, ‘एक दिनअघि प्रस्ताव गर्ने, भोलिपल्ट अर्कै भाषण गर्ने कुराले परिस्थिति बिगारेको छ । अध्यक्षको प्रस्ताव आएको छ तर केही पनि टुंगो लागेको छैन । उनी नजिकका नेताहरू त्यो हुन्न भनिरहेका छन् ।’ नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म ओलीसँग झुक्न नहुने बताए । उनले पार्टीभित्रको विवाद मिलाउने मुख्य जिम्मेवारी अध्यक्षको नै भएको बताए ।

    नेपालले साउन २४ अघि नै सहमति कायम गर्न कार्यदलमा रहेका नेताहरूलाई आग्रह गरेका छन्। अध्यक्ष ओलीले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन्। ‘२४ गते केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुनिएको छ । हामीले के गर्ने, त्यसअघि नै निष्कर्ष निकालेर अघि बढ्नुपर्छ’, नेता नेपालले भने ।

    उनले एकताको प्रयास दुवै पक्षबाट भएको बताए। ‘हामी सबै एकताको प्रयासमा छौं । यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ । ‘एकताकै लागि केपी ओलीका मान्छेहरू पनि आएर मसँग बारम्बार छलफल गर्छन् तर सहमतिमा भने पुगिएको छैन’, नेपालले भने । उनकै भनाइमा टेकेर केन्द्रीय सदस्य ठाकुर गैरेले चैतमा भएको कार्यकर्ता भेलाले लिएको निर्णयमा कुनै फेरबदल नआएकाले त्योभन्दा बाहिर जान नहुने बताए ।

    ‘गत चैतमा गरिएको कार्यकर्ता भेला, त्यसपछिको केन्द्रीय कमिटी बैठकले दिएको निष्कर्षकै जगमा हामी छौं । त्यो आजसम्म फेरिएको छैन । हामी त्यही ठाउँमा भएका कारण पार्टीलाई विभाजन गर्ने कुरा कहीं छैन’, उनले भने । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं