SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१८ गते
    २१०४ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जि सी रुपन्देही , माओवादी केन्द्रबाट सरकारमा पठाउनेको सूची तयार भएको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्रीको छनौट गर्न मापदण्ड बनाएर काम गरिरहेका छन् । मन्त्रीमा पठाउनु पर्ने संख्या थोरै भएकाले नेतृत्वलाई छनौट गर्न कठिनाइ पनि भइरहेको छ ।पार्टीप्रति इमानदार र संकटका बेला साथ दिनेलाई मन्त्रीको जिम्मेवारीमा पठाउने तयारी प्रचण्डले थालेका छन् । धेरै पटक मन्त्री भएर पनि खासै केही गर्न नसकेकालाई जिम्मेवारी नदिने नेतृत्वको योजना छ । मन्त्रीमा सिफारिस गर्दा सक्षमसँगै सबै कलष्टर मिलाएर गर्ने तयारी भइरहेको माओवादी स्रोतले जनाएको छ ।यसपटम मधेसीबाट शिवकुमार मण्डल र मातृकाप्रसाद यादवको नाम मन्त्रीमा जाने सूचीमा छ । तर, माओवादीको भागमा धेरै मन्त्रालय नभएकाले मधेसी कलष्टरबाट एकजना मात्र मन्त्री हुने सम्भावना छ । मण्डल प्रदेश १ का हुन भने यादव प्रदेश २ का हुन् ।

    माओवादी केन्द्रको तर्फबाट प्रदेश २ का धेरै नेताले मन्त्री हुने अवसर पाइसकेकाले यसपटक प्रदेश १ लाई अवसर दिनुपर्ने दबाब नेतृत्वलाई छ । प्रदेश २ का रामेश्वर यादव यसअघि केपी ओलीको मन्त्रिमण्डलमा थिए । त्यसैगरी अहिले माओवादी छाडेका प्रभु साह पनि माओवादीबाटै सरकारमा सहभागी थिए । साह पनि प्रदेश २ कै हुन् । त्यसैगरी प्रदेश २ सरकारमा माओवादीबाट भरत साह भर्खरै मन्त्री बनेका छन् । मातृका यादव पनि पटक-पटक मन्त्री भइसकेका छन् ।

    त्यसैले गर्दा अहिले सरकारमा पठाउने मन्त्रीको छनौट प्रदेश १ बाट गर्नुपर्ने दबाबमा नेतृत्व परेको हो । मधेसीबाट एकजना मात्र मन्त्री बनाउँदा शिवकुमार मण्डल बलिया उमेदवार हुन ।मातृका यादव सिनियर भए पनि उनले धेरै पटक अवसर पाइसकेका छन् । उनी मन्त्री हुँदा खासै उल्लेखनिय काम पनि गर्न सकेका थिएनन् । २०७० सालमा सर्वत्र माओवादीका उमेदवार पराजित हुँदा मोरङबाट जितेका मण्डल युवा र संघर्षको मैदानमा सदैव डटेर लागि पर्ने भएकाले नेतृत्वको रोजाइमा पनि छन् । मण्डल माओवादीका इमानदार र संघर्षशील नेताका रुपमा चिनिन्छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं