SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/८ गते
    ६३५ &#२३४६;&#२३३५;&#२३२५;

    निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको हो । सोही दिन नै आयोगले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यको सनाखत गर्दै ‘हेड काउन्ट’ गर्नेछ भने त्यसपछि विवादको छिनोफानो गर्नेछ ।

    इजलासका प्रमुखसमेत रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको बिहीबारको इजलासले जसपा नेपाल नामक दल २४ असार २०७७ मा दर्ता भएको र दर्ता भएका बखत सनाखतमा उपस्थित पदाधिकारी तथा सदस्यलाई नै विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ६ अनुसार नागरिकता वा मतदाता पत्रको सक्कलसहित आयोगमा उपस्थित हुन आदेश दिएको हो ।

    ‘निवेदक पक्ष र विपक्षी दुवैलाई ११ गते केन्द्रीय कार्यकारिणी समितिमा रहेका पदाधिकारी र सदस्यसहित पक्षविपक्षमा खुलेर आउनू भनेका छौं । सोही दिन नै नागरिकता वा मतदाता परिचयपत्रसहित हेडकाउन्ट हुन्छ, त्यही दिन विवादको छिनोफानो हुन्छ,’ आयोग उच्च स्रोतले राजधानीसँग भन्यो । १२ असार २०७७ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि जनता समाजवादी पार्टी नेपाल दर्ता गर्ने सन्दर्भमा प्रस्तावित केन्द्रीय पदाधिकारी र सदस्यहरूको सनाखत भई जसपा बनेको थियो ।

    ‘अहिलेसम्म दुवै पक्षबाट प्राप्त कागजातको अध्ययन भयो, कागजात हेर्दा यादव पक्ष बलियो हो कि भन्ने देखिन्छ, बाँकी टुंगो सनाखतबाटै हुने हो, कानुनी विधि र प्रक्रिया पनि त्यही हो,’ आयोग स्रोत भन्छ । जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो ।

    छलफलबाट विवाद समाधान नभएपछि आयोगले कानुनी रूपमा आधिकारिकता विवाद समाधान गर्न प्रक्रिया अघि बढाएको थियो । आयोगमा जसपाको केन्द्रीय समितिका रूपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । त्यसमध्ये ३३ जना यादव पक्षमा रहेको दाबी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं