SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/९ गते
    ७५७ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन कृष्णनगर,। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका का ८२ जना स्वास्थ्य स्वयंसेविका लाई मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको छ ।

    कृष्णनगर नगरपालिकामा ११५ स्वास्थ्य स्वयंसेविका रहेको जस्मा ८२ जना लाई वितरण गरिएको र छुटेका लाई आगामी बर्षमा निरन्तरता दिने कुरा कृष्णनगर नगरपालिका ले जनाएको छ । साइकल वितरण कार्यक्रमको बजेट आठ लाख रहेको थियो ।

    कृष्णनगर नगरपालिका रहेको पुरानो भवनमा साइकल वितरण गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश भौतिक योजना तथा पूर्वाधार मंत्री सन्तोष कुमार पाण्डेयले स्वयंसेविका लाई साइकल हस्तांतरण गरि कार्यक्रमको शुभारंभ गर्नुभयो

    कार्यक्रममा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले गांउमा स्वास्थ्य स्वयंसेविका लाई सेवा दिन सजिलो हुने उद्देश्यका साथ साइकल वितरण गरिएको बताए ।

    कार्यक्रममा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, स्वास्थ्य शाखा संयोजक शंकर भट्टराई, मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिश समिति सदस्य के के गुप्ता, सीता डांगी, समाजसेवी शैलेश प्रताप शाह, कार्यक्रम सहजकर्ता विजय साप्कोटा, कृष्णनगर नगरपालिका का वडाध्यक्ष हरु, लगायत अन्यको उपस्थित रहेकोथियो ।

    साइकल वितरण पछि स्वास्थ्य स्वयंसेविका हरु गाँउ- गाँउमा सेवा दिन सहज हुने विस्वास व्यक्त गरिन । कार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं