SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/९ गते
    ८९६ &#२३४६;&#२३३५;&#२३२५;

    रबिप्रकाश कसौधन कपिलवस्तु , । भाैतिक याेजना तथा पुर्वाधार मन्त्री सन्ताेष पाण्डेयद्वारा कृष्णनगरमा घाेरही पुल उद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाले निर्माण गरेकाे वडा १ मा पर्ने घाेरही नदीमा पुललाई आज लुम्बिनी प्रदेशका भाैतिक याेजना तथा पुर्वाधार मन्त्री संताेष पाण्डेयले उद्घाटन गर्नु भएकाे हाे ।

    आर्थिक बर्ष ०७६/७७ मा बजेट विनियाेजन गरि नगरपालिकाकाे छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मुख्य बजार जाेड्ने घाेरही नालाकाे पुल निर्माण गरिएपछि स्थानीयहरु हर्षित भएका छन । बर्षायाममा शिवानगरकाे श्रीदेवी माविमा पढ्न जाने बिद्यार्थीहरुमा उत्सह थपिएकाे छ ।

    मन्त्री पाण्डेयले पनि याे पुल निर्माण नगरपालिकाले गरेकाे छ अब बाटाे मैले बनाईदिने प्रतिवद्धता गर्नुभएकाे छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू अबिकसित गाउंलाई शहरसंग जाेडेर बिकास कार्यलाई तिव्रता दिएकाे बताउनुभएकाे ।

    उनले सुरई खाेलामा झाेलुंगे पुल निर्माण गरि डुमई गाउँलाई शहरसंग जाेडियाे ,साथै चरंगहवा नदी पारीका भारतीय सिमासंग सटेका गाउंलाई शहरसंग जाेड्न पनि प्रदेश सरकारसंग पुलका लागि बजेट माग गरि हाल साे पुल निर्माण भईरहेकाे जानकारी गराए । उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी शैलेष प्रताप शाह , प्रह्लाद पाण्डेय, दिनेशचन्द्र गुप्ता लगायत जनप्रतिनिधि र सर्वासाधारणकाे उपस्थित थियाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं